2026-09-08 07:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएन युरोप उप संयोजकमा प्रधान आशावादी

असोज २७, काठमाडौँ | गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको युरोप उप संयोजकमा उम्मेदवारी घोषणा गरेका जर्मनीका सुरेन्द्र प्रधानले भेटघाट तीव्र पारेका छन् ।

एनआरएन सम्मेलनका क्रममा काठमाडौं आएका प्रधानले युरोप क्षेत्रका प्रतिनिधिसँग भेट गर्दै आफ्ना पक्षमा मत मागिरहेका छन् । हाल एनआरएन आईसीसी सदस्य रहेका प्रधान विगतको कामका आधारमा आफूलाई युरोप उप संयोजक पदका लागि मतदाताले विश्वास गरेको बताए । ‘चुनावी अभियानका क्रममा पाएको साथबाट म उत्साही छु,’ उनले भने । 

दुई दशकयता जर्मनीको ह्याम्बर्गलाई आधार बनाएर व्यवसायमा संलग्न प्रधानले जर्मनीमा एनआरएनएको स्थापनादेखि नै आवद्ध भएर काम गर्दै आइरहेका छन् । संस्थाको ह्याम्बर्ग शाखाको संयोजक हुँदै राष्ट्रिय समितिको प्रवक्ता तथा उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । एनआरएनएको अन्तराष्ट्रिय समन्वय परिषदमा जर्मनीका तर्फबाट सदस्य रहिसकेका उनले यसपाली युरोपको उप संयोजकको दावेदारी गर्दै उम्मेदवारी दिएका हुन् ।

एनआरएनए जर्मनीको स्थापनाकालदेखि नै सक्रिय प्रधान संस्थालाई विभिन्न क्षेत्रमा शाखा स्थापना गर्न र गतिविधि अघि बढाउन लागिरहेको उनलाई नजिकबाट चिन्ने व्यवसायी नारायणलाल श्रेष्ठ बताउँछन् । प्रधान नेपाली आवद्ध झण्डै आधा दर्जन बढी संघ संस्थामा रहेर क्रियाशिल पनि छन् ।

हल प्रधानले आफ्नै तथा नेपाली र जर्मन नागरिकसँग मिलेर विभिन्न भागमा व्यवसाय विस्तार गरिरहेका छन् । ह्यामबर्गमा दुई रेष्टुरेण्टका मालिक उनले फ्रयांकफटमा जर्मन नागरिकसँगको सहकार्यमा होटल खोल्दैछन् । आफ्नो व्यवसायमा नेपालीलाई पनि रोजगारी प्रदान गरिरहेका उनी युरोप बुझेकाले यसपाली उम्मेदवार बनेको बताउँछन् । ‘एनआरएनएका विभिन्न भूमिकामा रहँदा युरोपका साथीहरुको समस्या, नेपालमा लगानी आदिको बारेमा बुझेको अनुभव व्यवहारमा ल्याउने सोच छ,’ उनले भने,‘साथीहरुले विश्वास गरिदिनुभएमा म योजनामा सफल हुनेछु ।’

प्रधानले युरोपभरका नेपालीलाई स्वदेशमा लगानीको वातावरणका साथै नेपाल पर्यटन वर्ष सफल पार्न पनि भूमिका खेल्ने बताउँछन् । ‘नेपालीहरुका समस्या पहिलो प्राथमिकता हुनेछ,’ उनले भने,‘सँगै देशमा लगानी र पर्यटन प्रवद्र्धनमा हामीले सकेको प्रयास गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग