Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए मतपरिणाम: नयाँ कार्यसमितिमा कोको भए निर्वाचित, कति पाए मत ?

२०७६, १ कार्तिक शुक्रबार ०८:५४

कात्तिक १, काठमाडौँ | गैरआवसीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट आगामी २ वर्षे कायकालका लागि नयाँ नेतृत्व निर्वाचित भएका छन् । पटक-पटकको बिबाद हुँदै सम्पन्न निर्वाचनको मतपरिणाम शुक्रबार विहान मात्र आएको हो । 

अध्यक्षमा कुमार पन्त

सार्वजनिक मतपरिणाम अनुसार एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । उनले अर्का प्रत्यासी कूल आचार्यलाई १४७ मतको अन्तरले पराजित गरेका हुन् । पन्तले एक हजार २१७ मत पाएका थिए भने आचार्यले एक हजार ७० मत पाएका थिए ।


पाँच उपाध्यक्षमा मिश्रित परिणाम

एनआरएनएको पाँच उपाध्यक्ष पदमा भने दुवै पक्षको मिश्रित परिणाम आएको छ । खुलातर्फ पन्त समूहका बद्री केसीले एक हजार १६३, अर्जुनकुमार श्रेष्ठले एक हजार २७, सोनाम लामाले ८९८ र आचार्य समूहका मन केसीले ९६१ मत पाएर विजयी भएका छन् ।


महिला उपाध्यक्षमा रविना थापा

महिला उपाध्यक्षमा भने आचार्य समूहका रविना थापा एक हजार २२१ मतका साथ विजयी भएकी छन् । उनकि अर्की प्रतिस्पर्धी पन्त समूहकी सपिला राजभण्डारीले ८६३ मत प्राप्त गरेकी थिइन् ।

महासचिवमा डा. शर्मा 

एनआरएनएको महासचिव पदमा डा. हेमराज शर्माले एक हजार १३९ मत पाएर बिजयी भएका छन् ।


दुई सचिव पदमा जोशी र शर्मा बिजयी

त्यस्तै दुई सचिव पदमा गौरीराज जोशीले ९१६ मत र आरके शर्माले ८६८ मत पाएर विजयी भएका छन् । सचिव पदमा ७ जनाको उम्मेद्वारी परेको थियो । 


कोषाध्यक्षमा महेसकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा लोकप्रसाद दहाल

कोषाध्यक्ष पदमा महेसकुमार श्रेष्ठले एक हजार ६५३ मत पाई विजयी भएका छन् । सहकोषाध्यक्ष पदका लागि लोकप्रसाद दहालले एक हजार १८४ मत प्राप्त गरेर विजयी भएका छन् ।


महिला संयोजकमा भोमादेवी लिम्बु, युवा संयोजकमा हिमाल गुरुङ 

महिला संयोजकमा भोमादेवी लिम्बुले ७०२ मत र युवा संयोजकमा हिमाल गुरुङले ७६८ मत पाएर विजयी भएका छन् । 

मध्यपूर्व र अफ्रिका क्षेत्रमा सबै निर्बिरोध निर्वाचित 

मध्यपूर्व र अफि्रका क्षेत्रका भने सबै निर्बिरोध निर्वाचित भएका छन् । मध्यपूर्व क्षेत्रको संयोजकमा प्रवीन गुरुङ, दुई उपसंयोजकमा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल निर्बिरोध चयन भएका हुन् ।

महिला संयोजकमा सुमित्रादेवी पौडेर र युवो संयोजकमा राजु रेग्मी पनि निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

अफ्रिका क्षेत्रको संयोजकमा रोशन थापा र महिला संयोजकमा मनकला थापा निर्विरोध निर्वाचित भएका छन् ।

यसिया प्रशान्त क्षेत्रको संयोजकमा श्रेष्ठ 

एनआरएनएको यसिया प्रशान्त क्षेत्रको संयोजकमा गोविन्द श्रेष्ठ २१७ मत पाएर विजयी भएका छन् । अन्य २ जना उम्मेदवार भने पराजित भएका छन् । त्यस्तै दुई क्षेत्रीय उपसंयोजकमा खगेन्द्र न्यौपानेले १९८ र पारसमणि पोखरेलले १९५ मत पाएर विजयी भएका छन् । 


त्यस्तै महिला संयोजकमा अमृता थापा र युवा संयोजकमा दीपकप्रसाद कंडेल निर्बिरोध निर्वाचित भएका छन् ।


अमेरिकाज् क्षेत्रको संयोजकमा राजन त्रिपाठी 

एनआरएनएको अमेरिकाज् क्षेत्रको संयोजकमा राजन त्रिपाठी १५४ मत सहित विजयी भएका छन् । जसको उपसंयोजकमा राम सी पोखरेलले १५० मत पाएर विजयी भएका छन् । जसको महिला संयोजकमा उमा कार्की थापाले १४४ मत पाएर विजयी भइन् भने युवा संयोजकमा विमला सापकोटा निर्बिरोध निर्वाचित भइन् ।


ओेसेनिया क्षेत्रको संयोजकमा पाण्डे 

ओसेनिया क्षेत्रको संयोजकमा होमनाथ पाण्डेले १०५ मत पाएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी दिनेशराज जोशीले १०२ मत प्राप्त गरेका थिए । उपसंयोजकमा नवीन कंडेल (१०७) विजयी भएका छन् । उनका प्रतिस्पर्धी हरि राम्जालीले १०० मत ल्याए ।

त्यस्तै महिला संयोजकमा जानकी पौडेल र युवा संयोजकमा राजकुमार थपलिया भने निर्बिरोध चयन भएका छन् ।

युरोप क्षेत्रको संयोजकमा आचार्य

युरोप क्षेत्रको संयोजकमा नारायणप्रसाद आचार्यले २७४ मत पाएर विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ