2026-07-25 09:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनएले अर्को सम्मेलन काठमाडौँमा नगर्ने, घर-घरबाटै मतदानको व्यवस्था हुने

कात्तिक १, काठमाडौँ | गैरआवासीय नेपाली संघ (एनआरएनए)का नव निर्वाचित अध्यक्ष कुमार पन्तले अब काठमाडौंमा सम्मेलन नगर्ने घोषणा गरेका छन् । पन्तले प्रविधिको जमानामा लाइन लागेर मतदान नगर्ने भन्दै घरघरबाट मतदान गर्न व्यवस्था मिलाउने घोषणा गरेका हुन् । 

अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पन्तले राजनीतिक रंग देखिन थालेको भन्दै अब एनआरएनएको सम्मेलन काठमाडौंमा नगर्ने बताए ।

उनले भने, ‘आजको प्रविधिको जमानामा काठमाडौं आएर लाइन लागेर मतदान गर्न आवश्यक छैन । घरघरबाट मतदान गर्न पाउने व्यवस्था गर्नेछु ।’ उनले चुनावी घोषणापत्रअनुसार संघको सदस्यता निःशुल्क बनाउने बताए ।

साथै गैरआवासीय नेपाली संघलाई थप एकतावद्ध बनाउने र कसैलाई पनि काखा र पाखा नगर्ने पन्तले प्रतिवद्धता जनाए । उनले नेपाललाई अदक्ष कामदार विदेश पठाउने सूचीबाट हटाउन एनआरएनको नयाँ नेतृत्वले काम शुरु गर्ने बताए । अहिले नेपाल अदक्ष कामदार विदेश पठाउने देशको रुपमा चिनिएको छ, पन्तले भने ‘नेपाल सरकार र प्रदेश सरकारसंग मिलेर कामदारलाई तालिम उपलब्ध गराई दक्ष बनाएर मात्र विदेश पठाउन सरकारलाई सहयोग गर्छौं ।’

संघको निर्वाचनमा एक पक्षको मात्र जित भएको छैन, उनले भने ‘सिंगो एनआरएनको जित भएको हो, अब सबै पक्षलाई मिलाएर चुनावी घोषणापत्र अनुरुपका काम तत्काल शुरु गर्छौं । 

एनआरएनएको नवौं विश्व सम्मेलनबाट आगामी २ वर्षे कायकालका लागि नयाँ नेतृत्व चयन भएको हो ।  अध्यक्षमा कुमार पन्तले अर्का प्रत्यासी कूल आचार्यलाई १४७ मतान्तरले पराजित गरेका हुन् । पन्तले एक हजार २१७ मत ल्याए भने आचार्यले एक हजार ७० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक