2026-10-26 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनएले अर्को सम्मेलन काठमाडौँमा नगर्ने, घर-घरबाटै मतदानको व्यवस्था हुने

कात्तिक १, काठमाडौँ | गैरआवासीय नेपाली संघ (एनआरएनए)का नव निर्वाचित अध्यक्ष कुमार पन्तले अब काठमाडौंमा सम्मेलन नगर्ने घोषणा गरेका छन् । पन्तले प्रविधिको जमानामा लाइन लागेर मतदान नगर्ने भन्दै घरघरबाट मतदान गर्न व्यवस्था मिलाउने घोषणा गरेका हुन् । 

अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पन्तले राजनीतिक रंग देखिन थालेको भन्दै अब एनआरएनएको सम्मेलन काठमाडौंमा नगर्ने बताए ।

उनले भने, ‘आजको प्रविधिको जमानामा काठमाडौं आएर लाइन लागेर मतदान गर्न आवश्यक छैन । घरघरबाट मतदान गर्न पाउने व्यवस्था गर्नेछु ।’ उनले चुनावी घोषणापत्रअनुसार संघको सदस्यता निःशुल्क बनाउने बताए ।

साथै गैरआवासीय नेपाली संघलाई थप एकतावद्ध बनाउने र कसैलाई पनि काखा र पाखा नगर्ने पन्तले प्रतिवद्धता जनाए । उनले नेपाललाई अदक्ष कामदार विदेश पठाउने सूचीबाट हटाउन एनआरएनको नयाँ नेतृत्वले काम शुरु गर्ने बताए । अहिले नेपाल अदक्ष कामदार विदेश पठाउने देशको रुपमा चिनिएको छ, पन्तले भने ‘नेपाल सरकार र प्रदेश सरकारसंग मिलेर कामदारलाई तालिम उपलब्ध गराई दक्ष बनाएर मात्र विदेश पठाउन सरकारलाई सहयोग गर्छौं ।’

संघको निर्वाचनमा एक पक्षको मात्र जित भएको छैन, उनले भने ‘सिंगो एनआरएनको जित भएको हो, अब सबै पक्षलाई मिलाएर चुनावी घोषणापत्र अनुरुपका काम तत्काल शुरु गर्छौं । 

एनआरएनएको नवौं विश्व सम्मेलनबाट आगामी २ वर्षे कायकालका लागि नयाँ नेतृत्व चयन भएको हो ।  अध्यक्षमा कुमार पन्तले अर्का प्रत्यासी कूल आचार्यलाई १४७ मतान्तरले पराजित गरेका हुन् । पन्तले एक हजार २१७ मत ल्याए भने आचार्यले एक हजार ७० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने