2026-07-25 02:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समृद्ध नेपाल निर्माणमा योगदान गर्ने एनआरएनएको प्रतिबद्धता

कात्तिक १, काठमाडौँ | गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवनिर्वाचित नेतृत्वले समृद्ध नेपाल निर्माणको अभियानमा सक्रिय योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।

सङ्घको नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाअधिवेशनबाट आज निर्वाचित पदाधिकारी एवं सदस्यहरुले नेपालको विकासको अभियानमा प्रतिबद्ध भएर लाग्ने बताएका हुन् । सङ्घका नवनिर्वाचित अध्यक्ष कुमार पन्तले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सार्थक र प्रभावकारी तुल्याउन सिङ्गो एनआरएन एकताबद्ध ढङ्गले लागी पर्ने बताउनुभयो ।

उहाँले समृद्ध नेपाल निर्माणका लागि एनआरएनएले घोषणा गरेको कम्तिमा पनि रु १० खर्ब लगानी भित्र्याउन लागी पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “नेपाल सरकार र नेपाली जनताले हामी (एनआरएन) बाट निकै ठूलो आशा र अपेक्षा गरेको मैले राम्रोसँग महसुस गरेको छ, हामीले भर्खर सरकारसँग कमसेकम पनि रु १० अर्ब लगानी भित्र्याउछौँ भनेका छौँ, त्यसका निम्ति म प्रतिबद्ध छु र निरन्तर लाग्नेछु,” उहाँले भन्नुभयो ।

निर्वाचनका दौरानमा जेजस्ता गतिविधि र परिणाम आए पनि सबै पक्षलाई समेटी एकताबद्ध बनाएर लैजाने बताउँदै अध्यक्ष पन्तले निर्वाचन घोषणा पत्रमा उल्लेख गरिएका प्रतिबद्धतालाई प्रभावकारी कार्यान्वयनमा लैजाने प्रण गर्नुभयो ।

एनआरएनमा आवद्ध सदस्यलाई निःशूल्क बनाउने तथा प्रतिनिधिका नाममा संस्थालाई साँघुरो हैन सबै सदस्यले मतदानमा भाग लिन पाउने व्यवस्था मिलाउने उहाँको भनाइ छ । 

करीब ८० लाख एनआरएनमध्ये झण्डै ४० लाख विभिन्न क्षेत्रमा काम गर्ने श्रमिक मजदुर रहेको भन्दै अध्यक्ष पन्तले उनीहरुको हक, हित तथा सेवा सुविधालगायत सबै विषयमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । 

सङ्घका नवनिर्वाचित महासचिव डा हेमराज शर्माले एनआरएनलाई सबैको साझा संस्थाको रुपमा स्थापित गर्दै नेपालको आर्थिक समृद्धिको अभियानमा सक्रियतापूर्वक योगदान गर्ने उल्लेख गर्नुभयो ।

एनआरएनका महिला उपाध्यक्ष रविना थापाले आफ्नो जीत सम्पूर्ण एनआरएनको जीत भएको उल्लेख गर्दै सम्पूर्ण नेपाललाई जोड्न संस्थाले खेलिरहेको भूमिकालाई भविष्यमा थप बलियो र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । संस्थामा अहिले महिला सहभागिता अत्यन्त न्यून रहेकाले महिला सहभागिता वृद्धिका लागि सक्दो पहल गर्ने बताउनुभयो ।

नवनिर्वाचित उपाध्यक्ष मन केसीले एनआरएनको विगतमा भएका कमीकमजोरीको सुदृढीकरण गर्दै विगतमा गरिएका प्रतिबद्धताको समीक्षा गर्दै आगामी रणनीति तयार गर्ने बताउनुभयो । एनआरएन महिला संयोजक शोभादेवी लिम्बूले पदीय जिम्मेवारी बढेको र महिला हक अधिकारको क्षेत्रमा सक्रिय भएर लाग्ने बताउनुभयो । एनआरएनको नवनिर्वाचित नेतृत्वले आजैदेखि पदभारग्रहण गरेको छ ।

नेपाल भ्रमण वर्षको सँघारमा भएको एनआरएनको नयाँ नेतृत्वका अवसर र चुनौती दुवै छन् । विभिन्न मुलुकबाट नेपाल आउने विदेशी पर्यटकको निरन्तर बढोत्तरी तथा पूर्वाधार, ऊर्जा, पर्यटनमा लगानी भित्र्याउने उपयुक्त अवसर पनि बन्ने विश्वास लिइएको छ । नेपालको कूटनीतिक सम्बन्ध नभएका मुलुकका समेत एनआरएनएको बलियो उपस्थिति रहेकाले नेपालको उचित प्रवद्र्धन गरी पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्नसक्ने सरकारले पनि विश्वास लिएको छ ।

सम्मेलनमा ८१ मुलुकका दुई हजार ५०० प्रतिनिधि सहभागी थिए । ‘म मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने नाराका साथ तीन दिनसम्म भएको सम्मेलनमा नेपालमा आर्थिक लगानीको सम्भाब्यता, लगानी भित्र्याउने वातावरण निर्माण तथा सङ्गठन सुदृढीकरण आदि विषयमा छलफल भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक