2026-09-08 07:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एजियु ४० औं सम्मेलन: नेपालको सानदार उपस्थिती, कोरियाको युनिभर्सिटीबाट पनि नेपाली चेली छनौट

अर्जुन बराल | मङ्सिर २२, सौल | दक्षिण कोरियाको वातावरण मन्त्रालय अन्तर्गतमा रहेको ईन्भाइरोमेन्ट कर्पोरेशन बिभागको अनुसन्धानकर्ताका रुपमा रहंदा गरेका रिर्सचको मुल्याङ्कन सहित सौल नेशनल युनिभर्सिटीमा रिसर्चरका रुपमा कार्यरत आस्था बिन्दु मल्ल ठकुरी अमेरिकन जियोफिजिकल युनियन (एजियु)ले यहि डिसेम्बर ९—१३ सम्म अमेरिकाको सनफ्रान्सीस्कोमा आयोजना गर्ने ४०औं सम्मेलनका लागि छनौटसँगै त्यस तर्फ प्रस्थान गर्दैछिन् ।

बिश्वका सय भन्दा बढी देशबाट प्रोफेसर, बिद्यार्थी सहित बिभिन्न क्षेत्रका सफल अनुसन्धानकर्ता अनि बैज्ञानिक समेत गरि हजारौँको उपस्थिती रहने सो सम्मेलनमा काठमाण्डौ बिश्वबिद्यालयका प्रोफेसर सुबोध शर्मा, आकांक्षा बुढाथोकी सहित अन्य देशमा रहेका अनि अमेरिकामा पढेर सफल रुपबाट रिर्सच गरेका नेपालीको समेत उपस्थिती रहने छ ।

बिश्वब्यापीरुपमा बढेको जलबायु परिबर्तनबाट परेका समस्या र समाधानका लागि नेपालले सम्भवत: पहिलोपल्ट नेपालकै आफ्नो सेसन “ Water and Environment Challenges Under a Changing Climate Over The High-Himalaya mountains” अन्तर्गत रहेर छुट्टै छलफल गर्ने छ भने छलफल स्थलमा पृथ्बी र अन्तरिक्ष बिज्ञानको नविनतम रुपमा अनुसन्धान गरेका प्रख्यात अनुसन्धानकर्ता र बैज्ञानिकहरु रहने छन्, जसमध्ये आस्था बिन्दु मल्ल ठकुरीले “Challenges and opportunities of Mountain Waste Management in Nepal” बिषयमा महत्वपूर्ण स्पिच दिने छिन् जसले गर्दा नेपालको हिमाली क्षेत्रमा परिरहेको जलबायु परिबर्तनको असरका बिषयमा बिश्वसमुदायलाई अबगत हुँने अनुमान लगाउँन सकिन्छ ।

बिकशित देशका तुलनामा नेपालले हरितगृह ग्याँसको न्युन मात्रामा उत्सर्जन गरेपनि तापक्रम बृद्धिका कारण बिशेषत हिमाली भेगमा बहुआयामिक असर परिरहेको छ भने औधोगिक मुलुकहरुले कार्बनडाईअक्साईड ग्याँस अत्यधिक उत्र्सजन गरेका कारण नेपालजस्ता बिकासोन्मुख मुलुकहरुले यसलाई  खप्नसक्ने हैसियत प्राप्त गर्न र हरितगृह ग्याँस भबिष्यमा अहिलेको अनुपातमा बढ्दै गएको खण्डमा स्थिति अझ भयाबह हुने निश्चित छ । तसर्थ जलबायु परिबर्तनको बहुआयामिक असरका सम्बन्धमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समस्या समाधानका लागि साझा प्रयासको खाँचो देखिएको छ भने यस सम्मेलनबाट नेपाल लगायत बिश्बका बिकासोन्मुख राष्ट्रहरुलाई टेवा पुग्ने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग