२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा पत्रकार द्वारा स्व बिनय कु कसजु तथा स्व बिनय गुरुवाचार्य प्रति श्रद्धान्जली अर्पण

२०७६, २४ मंसिर मंगलवार ०५:२६

विजय थापा | मंसिर २४, डिसी | अमेरिकाको डिसी महानगर क्षेत्रको बाल्टिमोरमा हालसालै दिवंगत हुनु भएका वरिष्ठ पत्रकार द्वय स्व बिनय कु कसजु तथा स्व बिनय गुरुवाचार्य प्रति श्रद्धान्जली अर्पण गरिएको छ ।


मेरिल्याण्ड राज्यको बाल्टिमोर स्थित नेपाल हाउस(चमेनागृह)मा अन्तर्राष्ट्रिय नेपाली पत्रकारहरुको संजाल (ईञ्जा )ले डिसी महानगर क्षेत्रका सामाजिक अभियन्ता ,संचारकर्मी तथा समुदाय सदस्यहरुको उपस्थितिमा नेपाली भाषा-साहित्य, पत्रकारिता र संचार जगतका दुई धरोहरहरु स्व कसजु तथा स्व गुरुवाचार्य प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेको छ |


ईञ्जाले पहिलो पटक बाल्टिमोरमा कार्यक्रमको आयोजना गरेको हो । उक्त श्रद्धान्जली सभामा स्व कसजु तथा स्व गुरुवाचार्यको बारेमा संक्षेपमा वहाहरुको परिचय ,समाज र पत्रकारिता जगतमा वहाहरुले गरेका योगदानको बारेमा ईञ्जाका अध्यक्ष गुणराज लुइँटेलले चर्चा गर्नु भएको थियो ।

दिवंगत हुने स्व कसजु तथा स्व गुरुवाचार्यको लागि नेपाल तथा अन्य मुलूकबाट वहाहरुलाई श्रद्धान्जली अर्पण गर्दै वहाहरुको बारेमा सन्देश पठाईएको अडियो (श्रब्य) भिडियो (श्रब्य दृश्य )समेत प्रस्तुत गरिएको थियो । पत्रकारिता पेशाका स्थापित तथा चर्चित पत्रकारहरु तीर्थ कोइराला ,कपिल काफ्ले ,ध्रुबहरि अधिकारी, रामकृष्ण रेग्मी, बेल्जियमबाट लक्ष्मण देबकोटाले दुवै जनाको बारेमा पत्रकारितामा वहाहरुको भूमिका ,योगदान र वहाहरुको बहुआयमिक व्यक्तित्वको बारेमा संक्षेपमा चर्चा गर्नु भएको श्रब्य दृश्य (भिडियो )प्रस्तुत गरिएको थियो |


पत्रकार तीर्थ कोइरालाले दुवैको बारेमा चर्चा गर्दै गुरुवाचार्य कुनै पनि समाचारलाई ३ श्रोत संग निश्चित (प्रमाणित )गरे पछि मात्र समाचार लेख्ने बताउनु भएको थियो । कसजू चेतनाले भरिएको मानिस ,पाल्पामा गएर घर मै भेटेको स्मरण गर्दै ग्रामिण पत्रकारिताको बिकासमा उहाको योगदानको बारेमा चर्चा गर्नु भयो |


यसै बेल्जियमबाट पत्रकार लक्ष्मण देबकोटाले कसजूले केन्द्रमुखी पत्रकारितालाई ग्रामिणमुखि बनाउन सफल हुनु भयो । स्व कसजु कम बोल्ने र लेख्दा खेरि रुवाउन सक्ने ,हसाउन सक्ने क्षमता भएको बताउनु भयो । यसै गरि ईञ्जाका संरक्षक योगेश उपाध्यायले दुवैको चर्चा गर्नु भएता पनि कसजुलाई नजिकबाट चिनेको बताउनु भयो । यसै गरि ईञ्जाका सल्लाहकार हरि अधिकारीले लुम्बिनी अञ्चलबाट लेख्ने पत्रकारहरु मध्ये स्व कसजु लेखनमा सर्व श्रेष्ठ हुनु हुन्थ्यो भन्नु भयो |

यसै गरि बाल्टिमोरका पत्रकार सतिस चापागाई स्वयम् पाल्पाको भएकोले पाल्पामा छापाखाना लगेर चलाउनु भयो । र वहा सत्य भन्ने साप्ताहिक पत्रिका संचालन गर्नु हुन्थ्यो भनि जानकारी दिनु भयो । स्व कसजु कम बोल्ने ,वहासंग व्यक्तिगत तालिम पनि आफुले लिएको र अमेरिका आउनु अगाडी भेटेको बताउनु भयो ।

यसै गरि महा बाणिज्यदुत प्रेम राजा महत लगायत अन्य विभिन्न संघ/संस्थाका नेतृत्व/ प्रतिनिधि/संचारकर्मीहरुले पनि वहाहरुको बारेमा बोल्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्नु भएको थियो । कार्यक्रममा संक्षेपमा ईञ्जाका सदर मुकामका वरिष्ठ उपाध्यक्ष सुनिल दाहालले संस्थाको बारेमा परिचय,उद्धेश्य र भावी योजना बारेमा चर्चा गर्नु भएको थियो भने कार्यक्रम संचालन ईञ्जाका वरिष्ठ उपाध्यक्ष (ग्लोबल,बिश्व)बिष्णु शीतलले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु