2026-09-08 07:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा २ घण्टा हातमा नेपाली झण्डा र टोपी लगाएर पदयात्रा

अर्जुन बराल | पुस १६, सोल | पश्चिमा संस्कृतिको प्रभाब बृद्धि सँगै नेपाली संस्कृतिको बचाउका लागि भन्दै खासगरि नेपाली दुई युवा डा.लेखनाथ काफले,शंकर बण्जाडेले सार्बजनिक पेज स्थापना गरी पहिलोपटक जनवरी १ लाई अन्तराष्ट्रिय नेपाली टोपी दिवस र नेपाली टोपी लगाउने दिनको रुपमा घोषणा सँगै २०७० साल देखि अंग्रेजी नयाँ बर्ष अर्थात सन् २०१४ जनवरी १ का दिन मनाउँन थालीएको “टोपी दिवस” पश्चिमा पर्बमा रमाउँनु भन्दा नेपाली शैलीमा रमाउँ भन्ने उद्देश्यले राष्ट्रिय पर्बका रुपबाट मनाउँन थालिए सँगै घरदेश देखी बिबिध कारणले टाढिएर प्रदेशमा रहेका नेपालीले बिशेष महत्वदिएर प्रत्येक बर्ष बिबिध कार्यक्रमका साथ मनाएको पाईन्छ ।

दक्षिण कोरियामा पनि यसबर्ष “राष्ट्रका नाममा दुईघण्टा हातमा नेपाली झण्डा र सिरमा टोपी लगाएर पदयात्रा” भन्ने मुल नारालाई आत्मसाथ गदै टोपी दिवस सहित पर्यटन बर्ष २०२० लाई पनि प्रबद्धन गर्ने उद्देश्यले सउल मेट्रोपोलिट्न पुलिस स्टेसनबाट अनुमति लिई दक्षिण कोरियाको ब्यस्त स्थान सउल स्टेसन देखि सउल टावर सम्म नेपाली झण्डा सहित नेपालको बिभिन्न क्षेत्रको दृश्य अंकित कार्ड बोकि पदयात्रा गरि कार्यक्रम सम्पन्न भएको थियो भने नेपाल पर्यटन बर्ष २०२० को नारा “नेपाल लाईफटाईम एक्सपिरिएन्सेस” लाई कार्यक्रमबाट प्रबद्धन गरिएको देख्न सकिन्थ्यो ।

नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि एंवम अन्तराष्ट्रिय टोपी प्रतिष्ठान कोरियाका संयोजक केपि सिटौला सहित गैह््र आवासिय नेपाली संघ,राष्ट्रका लागि नागरिक स्वतन्त्र अभियान,सोसाईटी अफ नेप्लीज स्टुडेन्ट ईन कोरिया(सोन्सिक) लगाएत कोरियामा रहेर बिभिन्न पेशामा संलग्न रहेका नेपालीहरु सहित कोरियाका केही मिडियाको पनि कार्यक्रममा उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग