१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनोजले गौरीलाई ‘प्रलोभन देखाए, जापान बोलाए, अनि यौन दुर्ब्याबहार गरे’

१६ असार २०७३, बिहीबार १२:१२

असार १६, काठमाडौं । अभिनेत्री गौरी मल्लले आफुमाथि जापान बोलाएर अनोज साक्यले यौन दुर्ब्यबहार गरेको उजुरी दर्ता गराएकी छन् ।

गौरीले दूतावासमा दर्ता गराएको उजुरीमा ललितपुरको भैंसेपाटी घर भई जापानको साइतामा केनमा बस्ने साक्य थरका व्यक्तिले उनीमाथि दुर्व्यवहार गरेको भन्दै उजुरी दिएकि हुन् । गौरीले ति साक्य थरका व्यक्तिको परिवारमा असर पर्ने भन्दै उनको पुरा नाम नखुलाएपनि जापान बस्दै आएका अनोज साक्यले आफ्नो फेसबुकमा गौरी मल्लबारे अनलाइनमा आएको समाचार ट्याग गर्दै स्टाटस लेखेका छन् |

japan

जापानमा गौरीसंग अनोज |

अभिनेतृ गौरीलाई ती शाक्यले जापानका स्थापित फिल्मकर्मीहरुसम्म आफ्नो पहुँच रहेको भन्दै जापानको कला क्षेत्रमा काम दिलाउने प्रलोभन देखाएर इमेल र टेलिफोन गरेर जापान बोलाएका थिए । उजुरीमा गौरीले उल्लेख गरेकी छिन- ‘तपाईंजस्तो कलाकार नेपालमा बसेर केही हुँदैन, म तपाईंलाई जापानको कला क्षेत्रमा काम गर्ने अवसर मिलाइदिन्छु र खाने-बस्ने राम्रो प्रवन्ध पनि गरिदिन्छु, हाललाई इको स्प्रे फर एयर फिल्टरको विज्ञापनको प्रस्ताव आएको छ, मलाई आफ्नै भाइ सम्झेर यो प्रस्ताव स्वीकार गर्नुहोस् ।’ गौरीको आरोपमा साक्यले जापान आउनका लागि आफूलाई तीन लाख रुपैयाँ समेत पठाइदिएको उल्लेख छ ।

जापान आएकी गौरीलाई साक्यले शारीरिक तथा मानसिक दुर्व्यवहार एवं यौन हिंसाको शिकार बनाएका गौरीले आरोप लगाएकी छिन् ।

यता आरोपी साक्यले बिभिन्न अनलाइनमा आफुबारे समाचार भेटेपछि आफ्नो फेसबुकमा यसरी आफ्नो स्टाटस लेखेका छन् । उनले जापानमा गौरीको आरोपले आफुलाई केहि असर नगर्ने बताएका छन् ।

हेर्नुहोस् उनले लेखेको फेसबुक स्टाटस: 

प्राय आफ्नो स्टाटस जापानी भाषामा लेख्ने अनोजले आफूमाथि लागेको आरोपको खण्डन गर्दा स्टाटस भने नेपालीमा लेखेका छन् । गौरीले दुतावासमा मुद्धा दिएर उनि नेपाल आइसकेकी छन् तर साक्य भने गौरीको मुद्धाले आफुलाई केहि असर नपर्ने बरु उल्टो 'गौरीलाई जेल हाल्न भन्छु' भन्ने अभिव्यक्ति दिएका छन् |

Anoj with gl

साक्यले फेसबुकमा पोष्ट गरेको एउटा भद्दा तश्विर |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार