२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियन सरकारको निर्णय:अबैधरुपमा बसेकाले पनि स्वास्थ्य परिक्षण गर्न सक्ने,के छ नेपालीको अवस्था ?

२०७६, ११ फाल्गुन आईतवार ०९:२६

अर्जुन बराल | फागुन ११, दक्षिण कोरिया | दक्षिण कोरियामा पछिल्लो समय कोभिड–१९ (कोरोना भाईरस) संक्रमितको संङख्यामा बृद्दि भएको छ | कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले आईतबारसम्म मृत्यु हुनेको संख्या ५ जना पुगेको बताएको छ |

केन्द्रका अनुसार शनिबारको तुलनामा संक्रमितको संङख्यामा बृद्धि भएर ५६८ जनामा कोरोना भाईरसको जिबाणु भेट्टिएको छ | यो संङख्यामा बृद्धि हुँन सक्ने जनाइएको छ, तर के कति आप्रवाशीहरु यो संक्रमणमा परेका छन् या छैनन् त्यो बिषय भने बाहिर आईसकेको छैन् |



कोरोना भाईरसको संक्रमित धेरैजसो दक्षिण कोरियाको चौथो ठुलो थेगु शहरमा देखिएको छ | दक्षिण कोरिया सरकारले उक्त क्षेत्रलाई स्पेशल केयर जोन घोषणा गरिसकेको छ | उक्त क्षेत्रमा बसोबास गर्ने २५ लाख नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर नआउँन अनुरोध गरेको छ |

प्रधानमन्त्री चुङ्ग साई क्युनले शनिबार राति राष्ट्रका नाममा सम्बोधन गदै अबस्था गम्भिर रहेको औलाएका छन | त्यस्तै उपस्वास्थ्य मन्त्री किम गाङ् लिपले कोरोना भाईरसबाट संक्रमितको संङख्यामा भएको बृद्धि नयाँ परिस्थितिमा पुगेको प्रतिक्रिया दिएका छन् |

दक्षिण कोरिया सरकारले कोरोना भाईरस संक्रमित ब्यक्तिको मोबाईल डाटा,क्रेडिट कार्डको रेर्कड,सिसिटिभि फुटेज,सार्बजनिक यातायातमा प्रयोग गरिएका कार्ड आदीको जानकारी संकलन गरेर स्वास्थ्य तथा वेलफेयर बिभागको वेभसाईटमा राखेको छ |

अबैधानिक रुपमा बसोबास गरिरहेका आप्रबासी नागरिकलाई कोरोना भाईरस लगायतको स्वास्थ्य परिक्षणका लागि कुनै अवरोध नगरिने र रोजगार प्रक्रिया प्रणालीको माध्यमबाट कोरियामा रहेका आप्रबासी कामदारको ४ बर्ष १० महिनाको भिषालाई बिषेस परिस्थितीमा भन्दै न्याय मन्त्रालयको शुक्रबार बसेको संयुक्त बैठकले अझ ५० दिन थप्न सकिने जानकारी दिएको छ | त्यस्तै अमेरिकी बिदेश मन्त्रालयले आफना नागरिकका निम्ति शनिबार एक पत्र जारी गदै दक्षिण कोरियाको यात्रा विशेष सावधानीक साथ गर्न सल्लाह दिएको भन्ने समचार प्राप्त भएका छन् |

नेपालीको अबस्था कस्तो छ ?

लगभग ५० हजारको संङख्यामा नेपाली रहेको दक्षिण कोरियामा विशेष त रोजगार प्रक्रिया प्रणाली मार्फत आएका नेपालीसँगै विद्यार्थी,ब्यबसायी लगाएत विविध पेशामा आबद्ध नेपाली छन् | समचार तयार गर्ने समयसम्म कुनै नेपाली कोरोना भाईरसबाट संक्रमित भएको जानकारी प्राप्त भएको छैन |


सार्वजनिक बिदाको दिन गरिने भेटघाट कार्यक्रम पनि नेपालीले आयोजना गरेका छैनन् । दक्षिण कोरिया स्थित नेपाली दुतावासले कोरोना भाईरसको संक्रमण सम्बन्धी अत्यन्त जरुरी सुचना जारी गदै सुरक्षाका उपाय प्रभावबकारी ढंगले अवलम्बन गरी कोरोना भाईरसबाट सुरक्षित रहन आग्रह गरेको छ । 

त्यस्तै गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय दक्षिण कोरियाले दुतावासको प्रायोजनमा “कोरोना भाईरसको अबस्था र हाम्रो होसियारी” बारे हप्तामा तीन दिन कोरियाका बिभिन्न पेशामा आबद्ध उच्च ब्यत्तित्वसँग रहेर लाईभ कार्यक्रम आजैका मिति देखि सुरु गरि फेब्रुअरी अन्तिमसम्म गरिने जनाएको छ |

गत डिसेम्बर महिनामा चीनको बुहान सिटीबाट पत्ता लागेको कोरोना भाईरसको संकमण हुँदा सामान्यतया ज्वरो आउँने,रुघा लाग्ने,सुख्खा खोकि लाग्ने,सास फेर्न गाह्रो हँनु,घाँटी,टाउको तथा जिउ दुख्ने लक्षण देखिने गर्दछन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै