Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

डिसी महानगर क्षेत्रका नेपाली समुदायले किने १७ लाख डलर नगदमा सामुदायिक भवन

By kit 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

विजय थापा | फागुन १६, ,डिसी | अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले अन्तत्वगत्वा सामुदायिक भवन किन्न सफल भएका छन् । त आँट म पुर्याई दिन्छु भन्ने उखान झैँ डिसी क्षेत्रका नेपाली समुदायले एक बर्ष भित्र तयारी अवस्थामा रहेको सामुदायिक भवन खरिद गरेका हुन् |

१.७ मिलियन अर्थात् १७ लाख डलर पर्ने उक्त भवनको सबै रकम चुक्ता गरि नेपाली समुदायको नाममा धनीपूर्जा तथा सम्पूर्ण कागजातहरु हात लागेको छ | ३.१ एकड क्षेत्रफल भएको उक्त निर्मित भवनमा करिव २ सय ५० देखि ३ सय सम्म सवारी साधन राख्ने व्यवस्था छ |

फेब्रुअरी २६ बुधबारका दिन भर्जिनिया राज्यको मनासस शहर को बल्सफोर्ड सडक स्थित उक्त भवनमा नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक )का पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा नामसारी गरिएको छ ।

उक्त नया खरिद गरिएको भवन नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)को नाममा नामसारी भएको छ । उक्त नामसारी प्रक्रिया न्याकको तर्फबाट अरुण  रूपाखेती,डा मदन उप्रेती(चिकित्सक) र मधु पन्थीले हस्ताक्षर गरेका थिए |

नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)ले गत फेब्रुअरी २५ का दिन १७ लाखमा किनेको उक्त जग्गा सहितको भवनको मूल्य २.५ मिलियन अर्थात् पच्चीस लाख डलर वृद्धि भएको पदाधिकारीले संचारकर्मीलाई बताए |

उनीहरुले किनेको जग्गाको बिमा गर्ने सम्बन्धमा कुराकानी गर्दा बिमाका अधिकारीले उक्त जग्गा कम्तिमा २ मिलियन ( २० लाख डलर )बजार भाउ रहेको जानकारी गराएका थिए | उक्त भवनमा सभा सम्मेलन कक्षमा मात्र ७ सय मानिस अटाउने क्षमता रहेको छ । खरिद गरीएको उक्त भवन ३ तले रहेको छ भने जसमा २२ वटा कोठा माथिल्लो दुई तलमा रहेका छन् । उक्त कोठाहरु बैठक कक्षको रुपमा हाल सम्म प्रयोग भै रहेका छन् । यसै गरि भुई तलामा प्रसस्त कोठाको साथै भान्सा समेत बनि बनाउ रहेको छ । नया खरिद गरिएको भवनमा मर्मतका काम पनि रहेकोले सबै भन्दा पहिला उक्त काम गर्ने लक्ष्य रहेको र तुरुन्तै सुरु गर्ने पदाधिकारीहरुले जानकारी दिएका छन् |

स्मरण रहोस भर्जिनिया कै मनासस स्थित अमेरिका नेपाल सहयोगी समाजले आफ्नो मन्दिर बनाउन खरिद गरेको जग्गा पनि यसै परियोजनामा गाभ्ने योजना सहित केही दिन अगाडी दुई लाख डलर न्याकलाई हस्तान्तरण गरेको थियो |

नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)ले यति ठूलो रकम ,१७ लाख डलर (करिव १८ करोड) नगद सबै चुक्ता गरेको नेपाल बाहिर नेपाली समुदायको ईतिहासमा बिश्व मै सम्भवत पहिलो हुन् पुगेको छ | यो सबै बिशेष गरि डिसी महानगर क्षेत्रमा नेपाली समुदाय एक जुट र एक ढिक्का भएको हुनाले यो सम्भव भएको हो | गत बर्ष वाचन प्रविण दिनबन्धु पोखरेललाई नेपाल बाट झिकाई सप्ताह कार्यक्रममा २० लाख डलर भन्दा ज्यादा सङ्कलन गरिएको थियो | जसमा नगद मात्र ११ लाख डलर भन्दा ज्यादा सङ्कलन भएको थियो |

धनिपुर्जा प्राप्त गरे पछि खरिद गरिएको उक्त भवनमा नेपाली समुदाय र यसका पदाधिकारीहरुको अत्यधिक खुसि भएका छन् । सबै संग गरिएको कुराकानीमा सबैले यो ऐतिहासिक क्षण ,सर्वाधिक हर्षको दिन ,खुशीको क्षण ,आनन्द लागेको भन्दै यसलाई एक नमुनाको रुपमा बनाउनु पर्ने भन्दै सबैलाई एकता र सहयोगको लागि आब्हान गरेका छन् |