2026-09-08 08:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनासँग जुद्दै गरेकी नेपालीले फेसबुकमा भनिन्: ‘सबैले साबधानी अपनाउनुस्‌ !’

चैत १०, काठमाडौं |  बेलायतमा एक नेपाली महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमित एक नेपाली महिलाले आफु निकै पीडादायक रहेको भन्दै फेसबुकमा स्टाटस पोष्ट गरेकी छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफु कोरोनासंग लडिरहेको र १३ दिन सम्म पनि निको हुने छॉट्काट नभएको भन्दै यो भाइरस लाग्नबाट जोगिन साबधानी अपनाउन अनुरोध गरेकी छन् । 

उनले संक्रमण भएपछि आफू १० दिनसम्म सेल्फ आइसोलेसनमा बसेको र छिट्टै निको हुने सम्भावना नभएको बताउदै सबैलाई भाइरस लाग्नबाट सावधान रहन आग्रह गरेकी छिन् । 

उनले आफ्नो फेसबुकमा लेखेकी छिन्‌, ‘१० दिनको सेल्फ आइसोलेसन पछि COVID 19 सँग लड्दै !! यो महामारी कति पीडादायक हुँदो रहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँट्काटै छैन, फ़ेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो, तर सोचेँ। सबैले साबधानी अपनाउन सक्नुहुनेछ । हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध गर्दछु।’ 

उनले आफ्नो फेसबुकमा आफ्नो स्वास्थ्य अवस्थाबारे स्टाटस लेखेपछि धेरैले उनलाई स्वास्थ्य लाभको कामना गर्दै प्रतिक्रिया दिएका छन् । 

हेर्नुहोस् उनको स्टाटस जस्ताको तस्तै: 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग