2026-09-08 08:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईमा कोरोना लागेका २ जना नेपाली ‘निको भए’

चैत १०, काठमाडौँ | यूएईको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित २ जना नेपाली नागरिक निको भएको जनाएको छ ।

आबुधाबी स्वास्थ्य विभागकी सरुवा रोग नियन्त्रणसम्बन्धी महाशाखाकी प्रमुख रहेकी डाक्टर फरिदा अल होसेनीले सोमबार आयोजित पत्रकार सम्मेलनमा २ जना नेपाली नागरिकसहित ३ जना व्यक्ति निको भएको जनाएको स्थानीय सञ्‍चारमाध्यम द नेसनलले जनाएको छ। 

निको हुने अर्को एक जना भने इरानी नागरिक रहेको डाक्टर फरिदाले जानकारी दिएकी छिन् । योस हित यूएईमा कोभिड–१९ बाट संक्रमित भएका ४१ जनाले स्वास्थ्यलाभ लिएका छन् ।

साथै कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि यूएई सरकार दृढताका साथ लागेको र संक्रमितहरुको मुलुकमा रहेका विभिन्न अस्पतालमा उपचार भइरहेको पनि डाक्टर फरिदाले जानकारी दिइन्।

त्यस्तै सोमबार यूएईमा थप ४५ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । थप संक्रमण देखिएका व्यक्तिहरु विभिन्न १८ मुलुकका रहेको पनि डाक्टर फरिदाले जानकारी दिइन् । यूएईका ७, भारतका ७, बंगलादेशका तीन, क्यानडाका २, अमेरिका र पाकिस्तानका ४–४ जना, फिलिपिन्स, इराक, ट्युनिसिया, सिरिया, कुवेत, इटाली, पेरु, इथियोपिया, लेबनान, सोमालिया, बेलायत, सुडान, आयरल्यान्ड, रुस, मोन्टेनेग्रो, फ्रान्स र पोल्यान्डका एक–एक जनामा संक्रमण देखिएको उनले जानकारी दिइन् । योसँगै यूएईका कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १९८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग