Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अलपत्र नेपालीलाई स्वदेश फर्काउन एनआरएनएले पहल थाल्ने

२०७७, ८ बैशाख सोमबार ११:५६

वैशाख ८, काठमाडौँ | कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल स्वदेश फर्काउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले पहल गर्ने भएको छ । कोभिड–१९ का कारण मुख्यतः खाडीमा श्रम गरिरहेका केही नेपाली बिचिल्लीमा परेको र यही अवस्था जारी रहे थुप्रै नेपाली अप्ठ्यारोमा पर्ने भन्दै सङ्घले स्वदेश फर्काउने रणनीति तय गर्न लागेको हो । 

सङ्घले गठन गरेको ‘कोभिड–१९ उच्चस्तरीय समिति’को बैठकमा सहभागीले विद्यार्थी, श्रमिक तथा विविध कारणले अवैधानिकरुपमा बस्दै आएका नेपालीका अवस्थाबारे गम्भीर चिन्ता प्रकट गरेका छन् । साइप्रस, अष्ट्रेलिया, अमेरिकालगायत मुलुकमा विद्यार्थी र खाडी क्षेत्रका श्रमिक कोरोना भाइरसबाट बढी प्रभावित भएका छन् । तत्काल करिब ५० हजार नेपालीले स्वदेश फर्कने चाहना राखेको सङ्घको अनुमान छ । 

यद्यपि, सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अप्रिल महिनाको अन्त्यसम्म गैरआवासीय नेपालीलाई यथास्थानमा सुरक्षित रहन अनुरोध गरिसक्नुभएको छ । विश्वका धैरैजसो मुलुक हाल ‘लकडाउन’को अवस्थामा छन् । वैदेशिक रोजगारीमा गएका कतिपय व्यक्तिको करार अवधि सकिएको छ र उनीहरु घर फिर्ता हुनका लागि पर्खेर बसेका छन् । सङ्घले अप्ठ्यारोमा परेका र नेपाल फर्कन अतिआवश्यक भएका नेपालीलाई तत्काल नेपाल फर्कने वातावरण बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको पनि ध्यानाकर्षण गराइसकेको छ ।

यसका अतिरिक्त नेपाली श्रमिक काम गर्ने कतिपय कम्पनी बन्द हुँदा रोजगारी गुमेको छ र तुरुन्तै अर्को काम पाउने अवस्था पनि छैन । विदेशमा रहेका कतिपय नेपाली कामदारलाई खाने बस्ने समस्या देखिन थालिसकेको छ । सङ्घका सम्बन्धित देशका राष्ट्रिय समन्वय परिषद्ले सङ्कटमा परेका आफ्ना देशका नागरिकलाई मद्दत गर्ने उद्देश्यले केही चन्दा सङ्कलन गरी खाद्यान्न एवं अन्य अत्यावश्यक सामग्री वितरण गर्दै आएका छन् । 

‘भिडियो कन्फ्ररेन्स’ मार्फत भएको सो बैठकमा एनआरएनएका अध्यक्ष कुमार पन्तले कोभिड–१९ का कारण गन्तव्य मुलुकमा रोजीरोटी गुमाएर स्वदेश फर्कन चाहनेको सङ्ख्या हजारौँ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुवेतमा तीन हजारभन्दा बढी कागजी प्रक्रिया पूरा नगरेका नेपाली छन् । कैयौँ नेपालीलाई स्थानीय सरकारले सहयोग नगरेपछि नेपाली विभिन्न देशमा अलपत्र परेकालाई नेपाल फर्काउनेबारेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छलफल भइरहेको र परराष्ट्रमन्त्री यस विषयमा सकारात्मक हुनुहुन्छ ।”

बैठकमा पूर्वशिक्षामन्त्री गङ्गाधर तुलाधारले अहिलेका अवस्थामा गैरआवासीय नेपाली समुदायले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्दा नेपाल र नेपालीका लागि अतुलनीय योगदान हुने बताउनुभयो । कोभिड–१९ का कारण मुलुक भोलि सङ्कटमा जान सक्ने औँल्याउँदै उहाँले भन्नुभयो, “यस्ता महामारी भविष्यका लागि पाठ सक्ने अवसर हो । यसले स्वास्थ्य क्षेत्रमा जोखिम न्यूनीकरण गर्न सहयोग पुग्छ । स्वास्थ्य क्षेत्रमा अहिले प्रयोग भइरहेका नयाँ अनुभवले आगामी पुस्ताको लागि उपयोगी हुनेछ ।”

सङ्घका उपाध्यक्ष डा बद्री केसीले विदेशमा अलपत्र नेपालीको सहयोगका लागि वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको रकम परिचालन गर्ने विषयमा सरकारसँग छलफल भइरहेको जानकारी दिनुभयो । कोषमा र रु पाँच अर्बभन्दा बढी रकम जम्मा भइरहेको छ । सोही कोषको प्रयोग गरेर अलपत्र नेपालीलाई उद्धार गरेर ल्याउनुपर्ने आवाज उठ्दै गएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै