साउन ४, न्यूयोर्क । जन सम्पर्क समिति अमेरिकाको हिनामिना भएको रकम फिर्ता आएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ४, न्यूयोर्क । जन सम्पर्क समिति अमेरिकाको हिनामिना भएको रकम फिर्ता आएको "/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनसम्पर्क समिति अमेरिकाको हिनामिना भएको रकम फिर्ता

२०७३, ४ श्रावण मंगलवार ०२:४६


साउन ४, न्यूयोर्क । जन सम्पर्क समिति अमेरिकाको हिनामिना भएको रकम फिर्ता आएको छ । भुकम्प पिडितका नाममा उठाइएको रकम खाताबाट हिनामिना भएपछि चर्को बहसमा आएको समितिको रकम फिर्ता भएको हो । भुकम्प पिडितका लागि उठाएको रकमको संस्थाको खाताबाट निकालिएको नगद रकम मध्ये २२ हजार डलर महासचिव मुनेन्द्र नेम्बागंले र १० हजार ५ सय कोषाध्यक्ष बिजय थुलुगंले खातामै फिर्ता गरेका छन् ।

संस्थाको रकम मध्ये ७ हजार ५ सय डलर पहिल्यै नै काठमाण्डौको गागलखेतीको भुकम्प पिडित बिद्यालय निर्माणको लागि निकासा गर्ने निर्णय भए पनि बिबाद आएपछि मात्र कोषाध्यक्षले निकासा गरेको जनाइएको छ । हिनामिना भएको रकम मध्ये अध्यक्ष गोरख बिष्टको नाममा काटिएको ५ हजार डलरको चेक पनि कोषाध्यक्ष थुलुंगले अन्यत्रै जम्मा गरेको र आफुले चांडै फिर्ता गर्ने लिखित जानकारी संस्थालाई दिएका छन् ।

भुकम्प आए लगत्तै अध्यक्ष बिष्टको नेतृत्वमा नेपालमा पुगेर सहयोग गरेको संस्थाले नेपालमा ३९ लाख रुपैया नगद र भौतिक सहयोग समेत गरेको थियो । संस्थाको नाममा रहेको खातामा अध्यक्ष बिष्ट, महासचिव नेम्बागं र कोषाध्यक्ष थुलुगंको संयुक्त नाममा रहेको भए पनि अध्यक्षको जनाकारी बिना दुइ जनाले रकम निकालेको अध्यक्षले थाहा पाएपछि मात्र समितिले रकम हिनामिना भएको खबर सार्बजानिक भएको थियो ।

अध्यक्ष बिष्टले रकम हिनामिना भएको खबर बाहिर ल्याएपछि महासचिव र कोषारध्यक्षले पनि अध्यक्ष बिष्टलाई समेत आरोप लगाएका थिए । दुबै पक्ष बिच आरोप प्रत्यारोप चलेपनि हाल महासचिव र कोषाध्यक्षले समितिको रकम खातामानै फिर्ता गरेका छन् । अध्यक्षले छानबिनको प्रकृया अगाडि बढाएपछि महासचिव र कोषाध्यक्षले रकम पुन खातामै राखेको जनाइएको छ ।

रकम पुन खातामा आएको पुष्टि गर्दै अध्यक्ष बिष्टले आफु सिपिएसंग परामर्शमा रहेको र त्यसपछि सबै हिसाब बाहिर ल्याउने बताएका छन् । प्राय राजनितिक रुपमा बिबादमा आउने समिति यस पटक भुकम्प पिडितको रकम हिनामिनाको समाचारले निकै बिबादमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस