वेलायतमा नेपाली समुदायबारे बेलायती सरकारलाई दूतावासको पत्र

साझासवाल
1 Min Read

<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/fc0d0c39a31c6185b43f48bbb14f26ce1588042825.jpg" style="float: left; width: 452.646px; height: 301.764px;"><b>वैशाख १६, लन्डन </b>| यहाँस्थित नेपाली राजदूतावासले बेलायती सरकारलाई पत्र पठाइ बेलायतमा रहेका नेपाली समुदायमा कोरोना भाइरसले पारेको प्रभावबारे अवगत गराएको छ ।&nbsp;<br></p><p>यहाँको रक्षा मन्त्रालय, गोरखा वेलफेयर ट्रष्टलगायतका निकायबाट बेलायतमा रहेका नेपालीमध्ये कोरोना सङ्क्रमणका कारण वृद्धवृद्धा एवं भूतपूर्व गोरखा सैनिक र उनीहरूको परिवारका सदस्य बढी प्रभावित भएको र मृत्युदर पनि उच्च रहेको देखिएको उल्लेख गर्दै पत्रमा उहाँहरूमा भाषागत समस्या तथा अस्पताल र अत्यावश्यक सामग्रीको पहुँचलगायत अन्य विविध समस्या रहेकाले यथाशक्य चाँडो आवश्यक सहयोगका&nbsp; लागि आग्रह गरिएको छ ।</p><p>यस सम्बन्धमा राजदूत स्वयंले ब्रिटिश सरकारको परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र गोरखा वेलफेयर ट्रष्टमा टेलिफोन गरी ध्यानाकर्षणसमेत गराइएको दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिनुभयो । रासस</p>

Share This Article
Leave a Comment

Leave a Reply