Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए कोरियाको हुकुमी शैली, पत्रकार प्रति आक्रोश !

२०७७, २१ बैशाख आईतवार १४:००

वैशाख २१, काठमाण्डौ | झट्ट सुन्दा जो कोहीलाई पनि लाग्न सक्छ मजदुरमैत्री गैह्र-आवासिय नेपाली संघ, प्रवासमा रहेका लाखौँ नेपालीको अभिभावक । तर आज बिश्व प्रेस स्वतन्त्रताका दिन गैह्र आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले दादागिरी र तानाशाही तरिकाले नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका पूर्ब सह-सचिब एवम् सदस्य अर्जुन बराललाई व्यक्तिगत आरोप लगाएर पदमा आसिन युवा संयोजक अरुण श्रेष्ठले निज बरालले फेसबुकमा लेखिएको स्टाटसलाई ईपिएस छिन्गु नामाकरण गरेको साईटमा नेपाल एयरलाईन्स कोरिया उड्न नदिन षडयन्त्र, कमिसन र नाफा लिन नपाएर छटपटाहट, नेपालको श्रम मन्त्रालयमा उजुरी हालेको लगायतको आरोप लगाएर दादागिरी शैलीमा स्टाटस पोस्टयाएका छन् ।

भएको के हो ?

कोरियामा बिभिन्न भिषामा रहेर नेपाल छुट्टिमा गएका नेपाली कोरोना भाईरसका कारण लकडाउनसँगै अन्तराष्ट्रिय उडान स्थगितको समस्याले समयमै कोरिया आउँन नपाएको कारण केहिको भिषा गुमिसकेको र केहिको गुम्ने अवस्थामा रहेको अवस्था छ । जसलाई समाधान गर्न एनआरएनए कोरिया र केहि ट्राभल्स एजेन्सीको सहकार्यमा सरकारसँग डेलिगेसन मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको निर्णय परराष्ट्र सहित गृह मन्त्रालयलाई बोधार्थ लेखि बैशाख १४ गते रोजगार प्रक्रिया प्रणाली मार्फत कोरियामा काम गर्ने अनुमति प्राप्त बैध प्रबेशाज्ञा भएका र हाल बिदामा नेपालमा रहेका ब्यक्तिहरु स्वेच्छाले आफ्नो काममा फर्कि जान चाँहेमा निजहरुको स्वास्थ्य परिक्षण गराई निजहरुकै खर्चमा चार्टड उडानबाट जान स्विकृती दिने निर्णय भएको थियो । त्यससँगै गैह्र आवासिय नेपाली संघ केन्द्रिय कार्यालय र नेपाल एयरलाईन्स बिच चार्टड सम्झौता भएको थियो भने उडानको मिति बैशाख १८ गते बिहिबार सँगै उडान खर्च प्रतिव्यक्ति १ लाख १३ हजार ७७५ कायम गरिएको जानकारी बिभिन्न ब्यक्तिको सामाजिक संजालबाट गराईएको थियो तर बिबिध कारण जनाउँदै उडान स्थगित भएको जनाउँ दिईएको थियो । यस बिषयमा केन्द्रित भएर केहि पहिले कोरियन एयरलाईन्सले नेपालमा रहेका आफ्ना नागरिकका लागि एकतर्फि भाडाका लागि ८६४ अमेरिकी डलर कायम गरिएको एक स्क्रीनसट सँगै राखेर राष्ट्रिय ध्वजाबाहक बिमानको भाडादर किन महङ्गो हो ? झनै सस्तो हुनुपर्ने भन्दै कोही मर्काका नपरुन र प्रश्न नउठोस् भनेर ब्यक्तिगत आसयमा कोरियामा रहेका पत्रकार बरालले फेसबुकमा स्टाटस राखेका थिए तर त्यही स्टाटसकै कारण श्रम मन्त्रालयमा उजुरी परेको भन्दै मनगढन्ते कहानी बनाएर कोरियामा रहेका मजदुर माझ नकरात्मक सहित आफूमाथि जे सुकै होस भन्ने नियतले बदनियत गरिएको पत्रकार बरालले बताए । यो समाचार तयार पार्दासम्म गैह्र-आवासिय नेपाली संघ, कोरिया नेतृत्वबाट स्पष्ट धारणा आएको छैन । यसबाट नेतृत्वनै पत्रकारलाई नङ्गयाउन लागेको त हैन भन्ने प्रश्न उठेको भन्दै पत्रकार महासंघ कोरिया शाखाले आपत्ति ब्यक्त गरेको छ ।

केहि समय पहिले एनआरएनए दक्षिण कोरियाको संयोजकत्वमा कोरोना भाईरसको रोकथामका लागि एक ब्यक्ति एक किट सहयोग अभियानमा स्वतन्त्र अभियन्ताको रुपमा बराललाई कमिटि भित्र राखिएको थियो भने अभियान कोरियामा रहेका नेपालीको समर्थनले सफलपनि भएको थियो । यसै विषयमा पत्रकार बरालले भनेका छन् 'यस अभियानमा मैले सक्दो सहयोग गरेकै हो तर ब्यक्तिगत बिचारलाई लिएर सरकारको संयन्त्रलाई नै रोक्न सक्ने मेरो कुनै हैसियत छैन र हुँन्न पनि । म अझ पनि भन्छु कोरियामा रहेर बिभिन्न पेशामा आबद्ध जो कोहि नेपालमा बिदामा जाँदा भिषा अवधि सक्किएका र सक्किन लागेकाको कुटनैतिक तवरले समस्या समाधान हुनुपर्छ।' पत्रकार बरालले कोरियामा बिभिन्न कानुनी समस्यालाई हल गर्न अहोरात्र खट्टिने एनआरएनए नै सामान्य जिज्ञासाको बिषयलाई अतिरंजित गर्ने र संस्थाको बिषयमा बोल्ने जोकोहीलाई हुकुमी शैली प्रस्तुत गर्ने गरेको बताए ।


यसै बिषयमा एमटियु कोरियाका अध्यक्ष उदय राई, महासचीब मधुसुदन ओझाले पनि ब्यक्तिगत जिज्ञासालाई अतिरंजित गराउँन नहुने धारणा ब्यक्त गरेका छन् भने कोरियाको समाजलाई राम्रोसँग बुझेका बैरागी माईला नामबाट परिचित मजदुरले भने 'बिमान हो कि सुर्तीको पोको हो ? के जिज्ञासा राख्नै नहुने ? प्रश्नको स्वच्छ जिज्ञासालाई सामना गर्न नसके पद छोडे हुन्छ आफुले गर्न नसकेपछि अरुको चरित्र हत्या गर्नु जायज हैन,अरुलाई कानुनको पाठ पढाउनेलाई नै कानुन थाहा छैन ? एक मजदुरले चाहदैमा उडान स्थगित हुँने कस्तो कुटनैतिक सम्झौता हो ? कुन मजदुरले नेपाल एयरलाईन्स कोरिया नआओस् भन्ने चाहन्छ ? कमिसनको खेल नमिलेपछि आरोप लगाउँने ?' 

त्यस्तै एनआरएनए कोरियाका पूर्ब अध्यक्षद्धय राजु क्षेत्री, बिनोद कुँवरले पनि भनेका छन् 'संस्था सबैको हो, जिज्ञासा राख्न पाउँछ, संस्था अभिभाबक हो तर स्वच्छ बिरोधलाई स्विकार गर्न नसकेर कसैमाथि खनिनु कदापि राम्रो होईन । यसलाई नेतृत्वले कसरी हेर्छ त्यो महत्वपुर्ण बिषय रहेको प्रतिक्रिया दिएका छन भने नेपालमा रहेका नेपाली कोरिया ल्याउन सुरुवात देखिनै पहल गर्ने एनआरएनएका पूर्ब अध्यक्ष एवम् नेपाल टुर कम्पनि लिमिटेडका प्रोपाईटर केपि सिटौलाले कसले भन्यो नेपाल एयरलाईन्स कोरिया ल्याउन हुन्न भनेर ? को हो त्यो मजदुरको पैसालाई कमिशनसँग कसले दाज्यो ? हावादारी र मनगढन्ते कुरा गरेर अरुलाई भ्रम किन छर्ने ? भन्ने प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश