2026-10-26 05:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साइप्रसमा एक नेपाली विद्यार्थीद्वारा अर्को नेपालीको हत्या, आरोपी आफैले प्रहरी बोलाए

वैशाख २४, साइप्रस | साइप्रसमा एक नेपाली युवाले अर्का नेपाली युवाको हत्या गरेका छन् । साइप्रस स्थित निकोसियाको इभ्रीगाउँमा एकै घरमा बस्दै आएका दुई नेपाली युवावीच आपसी विवादका क्रममा झगडा भएको बताइएको छ । 

झगडाको क्रममा चक्कु प्रहार भएको र चितवन रत्ननगर नगरपालिका घर भएका २१ बर्षीय युवाको मृत्यु भएको हो । घरको कामको बिषयमा झगडा भएको र चक्कु प्रहार गर्ने व्यक्ति पनि २१ बर्षियनै रहेको बताइएको छ । उनिहरु बिद्यार्थी भिषामा साइप्रस पुगेका थिए । 

स्थानीय संचार माध्यमका अनुसार चक्कु प्रहार गरि गम्भीर घाइते बनाएपछि आरोपीले स्थानीय प्रहरीसामु आफूले गरेको घटनाको जानकारी दिँदै आत्मसमर्पण गरेका थिए । 

चक्कु प्रहारबाट गम्भीर रुपमा घाइते भएका पिडितलाई उद्दार गरि अस्पताल पुर्याउदा चिकित्सकहरुले मृत घोषणा गरेका थिए । प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएर आजै अदालतमा पेस गर्ने स्थानीय संचार माध्यमहरुले जनाएका छन् । प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ । 

माथिको तश्वीरहरुमा: मृतक 

यसै विषयलाई लिएर गैर आवासीय संघ साइप्रसले आफ्नो फेसबुकमा लेखेको छ ‘गएरातिको घटनाले साइप्रस बासि सम्पूर्ण नेपालीहरू स्तब्ध भएका छन् भने नेपालीको नेपालीप्रतिको बिस्वासमा पनि खोट देखिएको छ । यो बिश्व महामारीको बेला मिलिजुली एकले अर्कालाइ सहायोग र सद्भाव गर्नुपर्ने बेलामा उल्टै मारेको खबरले हामी स्तब्ध मात्र होइन चिन्तित पनि छौ । अब कहाँ छ होला नेपाली पन नेपाली मन । मृतकप्रति हार्दिक श्रद्धाञ्जली, मृतात्माको चिर शान्तिको कामना ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने