2026-09-08 09:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साइप्रसमा एक नेपाली विद्यार्थीद्वारा अर्को नेपालीको हत्या, आरोपी आफैले प्रहरी बोलाए

वैशाख २४, साइप्रस | साइप्रसमा एक नेपाली युवाले अर्का नेपाली युवाको हत्या गरेका छन् । साइप्रस स्थित निकोसियाको इभ्रीगाउँमा एकै घरमा बस्दै आएका दुई नेपाली युवावीच आपसी विवादका क्रममा झगडा भएको बताइएको छ । 

झगडाको क्रममा चक्कु प्रहार भएको र चितवन रत्ननगर नगरपालिका घर भएका २१ बर्षीय युवाको मृत्यु भएको हो । घरको कामको बिषयमा झगडा भएको र चक्कु प्रहार गर्ने व्यक्ति पनि २१ बर्षियनै रहेको बताइएको छ । उनिहरु बिद्यार्थी भिषामा साइप्रस पुगेका थिए । 

स्थानीय संचार माध्यमका अनुसार चक्कु प्रहार गरि गम्भीर घाइते बनाएपछि आरोपीले स्थानीय प्रहरीसामु आफूले गरेको घटनाको जानकारी दिँदै आत्मसमर्पण गरेका थिए । 

चक्कु प्रहारबाट गम्भीर रुपमा घाइते भएका पिडितलाई उद्दार गरि अस्पताल पुर्याउदा चिकित्सकहरुले मृत घोषणा गरेका थिए । प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएर आजै अदालतमा पेस गर्ने स्थानीय संचार माध्यमहरुले जनाएका छन् । प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ । 

माथिको तश्वीरहरुमा: मृतक 

यसै विषयलाई लिएर गैर आवासीय संघ साइप्रसले आफ्नो फेसबुकमा लेखेको छ ‘गएरातिको घटनाले साइप्रस बासि सम्पूर्ण नेपालीहरू स्तब्ध भएका छन् भने नेपालीको नेपालीप्रतिको बिस्वासमा पनि खोट देखिएको छ । यो बिश्व महामारीको बेला मिलिजुली एकले अर्कालाइ सहायोग र सद्भाव गर्नुपर्ने बेलामा उल्टै मारेको खबरले हामी स्तब्ध मात्र होइन चिन्तित पनि छौ । अब कहाँ छ होला नेपाली पन नेपाली मन । मृतकप्रति हार्दिक श्रद्धाञ्जली, मृतात्माको चिर शान्तिको कामना ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग