2026-07-24 10:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या ७० हजार नाघ्यो

वैशाख ३०, काठमाडौँ (रासस/एएनआई) | भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या मंगलबार बिहानसम्म ७० हजार नाघेको समाचारमा जनाइएको छ । यस संक्रमणबाट गएको २४ घन्टायता ८७ जनाको मृत्यु भएको बताइएको छ । 

मंगलबार बिहान जनाइएअनुसार यहाँ कोभिड १९ बाट संक्रमित हुने व्यक्तिको संख्या ७० हजार ७५६ जना पुगेको छ । यहाँ गत २४ घण्टामा मात्र ३ हजार ६०५ जना कोरोना भाइरस संक्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा यस प्रकोपबाट. मृत्यु हुनेहरूको सख्या २ हजार २९३ जना पुगेको छ । यस संक्रमणबाट निको भएका विरामीको संख्या २२ हजार ४५४ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा मंगलबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ४६ हजारभन्दा बढी संक्रमितहरू अस्पतालमा उपचार गराइरहेका छन् । 

कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र २३ हजार ४०० नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । यस संक्रमणबाट महराष्ट्रमा ८६८ को मृत्यु भएको छ । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ८ हजार ५४१ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । यहाँ यस संक्रमणबाट भने ५१३ जनाको मृत्यु भएको छ । 

त्यसैगरी तामिलनाडूमा यसबाट ८ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । यस संक्रमणबाट २ हजार भन्दा बढी निको भएका छन् भने यहाँका ५३ जनाको ज्यान गएको छ । दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ७ हजार ७३३ जना विरामी छन् । यहाँ ७३ जनाको ज्यान गएको सो मन्त्रालयले जनाएको छ । त्यसैगरी दिल्लLका संक्रमितमध्ये २ हजार १७३ जना निको भएका बताइएको छ । 

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो । 

भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक