2026-07-25 02:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गैरआवासीय नेपाली सङ्घको टर्की शाखा गठन

जेठ ३, काठमाडौँ | गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले टर्कीमा आफ्नो शाखा विस्तार गरेको छ । ‘टर्की नेपाली समाज’ का अध्यक्षसमेत रहनुभएका उज्वलकुमार घिसिङको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति गठन गरिएको एनआरएनएले जनाएको छ ।

टर्कीमा हजारौँको सङ्ख्यामा नेपाली रहेको र हाल विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण समस्यामा परेका नेपालीलाई समिति गठनपछि सहयोगका लागि समन्वय गर्न सहज हुने एनआरएनएले विश्वास लिएको छ । एनआरएनएका उपाध्यक्ष डा बद्री केसीले विशेष पहलमा टर्कीमा रहेका नेपालीहरुसँगको छलफलपछि समिति गठन गरिएको हो ।

समितिले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत छलफल गरी कोरोनाका कारण टर्कीमा समस्यामा परेका नेपालीलाई सहयोगका लागि पहल गर्ने निष्कर्ष निकालेको  एनआरएनएको ‘कोभिड–१९ उच्चस्तरीय समिति’ अन्तर्गतको स्वास्थ्य समितिका सदस्य अतुल कोइरालाले जानकारी दिनुभयो । 

टर्कीमा अवैधानिकरूपमा बस्दै आएका नेपालीहरुले कोरोना भाइरसको जोखिम रहेको अवस्थामा टर्की सरकारले हाल स्वदेश फर्किने वातावरण बनाइदिएको भन्दै स्वदेश फिर्तीका लागि पहल गरिदिन नेपाल सरकारलाई आग्रह गरेका छन् । ‘टर्की नेपाली समाज’ले यस अघि सुविधासहित घर फर्किन टर्की सरकारले दिएको समयसीमा सकिनासाथ अवैधानिक श्रमिकमाथि कारवाही हुने खतरा रहेको जनाउँदै स्वदेश फिर्तीका लागि पहल गरिदिन पत्रमार्फत इस्लामावादस्थित नेपाली राजदूतावासलाई अनुरोध समेत गरेको थियो ।

तश्विरमा: गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष उज्वलकुमार घिसिङ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक