विजय थापा/साउन ५, वाशिंगटन डिसी l डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायले डा. केसीको प्राण रक्षा र उनका जायज मागहरुको समर्थन जनाउदै अमेरिकाको भर्जिनियाको मनासस शहर बाट सरकार र संसदलाई ध्यानाकर्षण गराएको छ l

चिकित्सक केसीको शान्तिपुर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा/साउन ५, वाशिंगटन डिसी l डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायले डा. केसीको प्राण रक्षा र उनका जायज मागहरुको समर्थन जनाउदै अमेरिकाको भर्जिनियाको मनासस शहर बाट सरकार र संसदलाई ध्यानाकर्षण गराएको छ l

चिकित्सक केसीको शान्तिपुर्"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा डा. केसीको समर्थन गर्दै सरकार तथा संसदको ध्यानाकर्षण यसरि गराईयो

५ श्रावण २०७३, बुधबार ०३:२०


विजय थापा/साउन ५, वाशिंगटन डिसी l डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायले डा. केसीको प्राण रक्षा र उनका जायज मागहरुको समर्थन जनाउदै अमेरिकाको भर्जिनियाको मनासस शहर बाट सरकार र संसदलाई ध्यानाकर्षण गराएको छ l

चिकित्सक केसीको शान्तिपुर्ण एवं अहिंसात्मक अभियान सत्याग्रहको पक्षमा उभिदै डिसी महानगर क्षेत्रका नेपाली समुदाय एकत्रित भै डा केसी ले उठान गरेका बिषयमा ऐक्यबद्दता जनाएका छन् l

उक्त कार्यक्रममा जम्मा भएका सहभागीहरुले बिभिन्न प्रकारका नारा लगाउनुको साथै वक्ताहरुले सरकारको रवैया ,माफिया तन्त्र तथा लोकमान सिंह कार्कीले अभिव्यक्त गरेका बिषयमा चर्का नारा लगाउदै खबरदारी समेत गरेका छन् l


कार्यक्रममा वक्ताहरुले डा केसी का बारेमा ज्यादा चर्चा गर्दै यी सबैको जड नै भ्रष्टाचार हो भन्दै जब सम्म यसको उन्मुलन हुदै तब सम्म देश यस्तै भुमरीमा फस्ने हुन्छ भन्ने विचार पोखेका थिए l जस्को शिकार पटक पटक डा केसी जस्ता ईमान्दार हुन्छन भन्दै डा केसी जस्तालाई देशले गुमाउनु पर्ने हुन्छ र गुमाएका पनि छौ भन्ने अभिव्यक्ति दिएका थिए l केसी जस्ता व्यक्ति हजार पटक जन्मनु पर्छ अनि मात्र स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा भएको माफियाको उन्मुलन हुने अभिव्यक्ति दिएका थिए l

केहि वक्ताहरुले अब अमेरिका आउने नेताहरुको बहिस्कार गर्नु पर्छ भन्ने सुझाब दिदै कुनै पनि नेता अमेरिका आउँदा उनीहरुको झोला बोक्न जानु नहुने भनाई राखेका थिए  l वक्ताहरुले डा केसी को पक्षमा बिश्व ब्यापी गराउनु पर्ने अपरिहार्यता रहेकोले सबै एक जुट हुन् आग्रह समेत गरेका छन् l र हस्ताक्षर संकलन गरि नेपाल सरकारलाई दुताबास मार्फत बुझाईने बताएका छन् l


कार्यक्रममा डा केसीको समर्थनमा डा केसीलाई बचाऔ , म डा केसीको साथमा छु ,म पागल ,म डा केसी संग छु ,आज चुप रहे भोलिआफैलाई पनि पर्छ , म ईमान्दारी तथा पवित्रता चाहन्छु जस्ता लेखिएका सामग्रीहरु लिएर सहभागीहरुले नारा लगाएका थिए l

आकाश पाताल हल्लाऔ, डा केसीलाई बचाऔ ,भ्रस्ट माफिया मुर्दाबाद ,डा केसी जिन्दाबाद , गरिब जनता रोगि छ्न नेता जति भोगी छन् , शैक्षिक माफियालाई बहिस्कार गरौ भन्दै बुलन्द आवाज सहित चर्को नारा लगाएका थिए l


कार्यक्रम आयोजना डिसी महानगर क्षेत्रमा विभिन्न संघ तथा संस्थाको पहलमा भएको थियो भने कार्यक्रममा साहित्यकार कृष्ण धरावासी ,मोहन निरौला ,प्रेम पौडेल ,दधिराम ढुंगाना ,कृष्ण भण्डारी ,सागर कंडेल ,पदम राज रेग्मी तथा अमेरिकामा जन्मेका दोश्रो पुस्ताले पनि डा केसीको बारेमा बोलेका थिए l 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला