2026-09-08 09:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालबाट १६५ भारतीय बोकेर फर्कियो एयर इण्डिया

जेठ ७, काठमाडौँ | भारतले नेपालमा लकडाउनका कारण रोकिएका १६५ नागरिकलाई जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको छ ।

भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाको ए३२० जहाजले आज दिउँसो उनीहरुलाई काठमाडौँबाट फिर्ता लगेको हो । यो चार्टर्ड उडान नेपालस्थित भारतीय दूतावासले गरेको अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । नेपालमा लकडाउन शुरु भएपछि भारतले पहिलोपटक आफ्ना नागरिकलाई चार्टर्ड उडान गरी स्वदेश फर्काएको हो । 

एयर इण्डियाको चार्टर्ड उडानमार्फत १६५ भारतीय नागरिक स्वदेश फर्किएको प्रमुख अध्यागमन अधिकृत सागर आचार्यले जानकारी दिनुभयो । यो अवधिमा ३५ भन्दा बढी चार्टर्ड उडान भएका छन् । सरकारले चैत ११ गतेदिख देशभर लकडाउन गरेको छ । पछिल्लो पटक जेठ २० सम्म लकडाउनको समयावधि थपिएको छ । सरकारले चैत ९ गते राति १२ बजेपछि नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय हवाई उडानलाई रोक लगाएको थियो । यो अवधिमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भइरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आजसम्म उद्धार र कार्गो उडान गरी ७१ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । नेपालबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग