Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘दुबईका ७० प्रतिशत कम्पनी अबको ६ महिनामा बन्द हुने’

२०७७, ९ जेष्ठ शुक्रबार ०७:२२

एजेन्सी । जेठ ९, काठमाडौं । दुबईको चेम्बर अफ कमर्सको एक सर्वेक्षणले कोरोना महामारीका कारण दुबईका करिब ७० प्रतिशत व्यवसाय अबको ६ महिनामा बन्द हुनसक्ने बताएका छन् । 

बिहिबार बेलुका यो सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको हो । यसमा ‘दुबईका ९० प्रतिशत बढी कम्पनीका अनुसार सन् २०२० को पहिलो त्रैमासिकमा उनीहरुको बिक्रि र टर्नओभरमा भारी गिरावट आएको बताएको छ । दुबई चेम्बर अफ कमर्सका अनुसार महामारीका कारण भएको अन्तरराष्ट्रिय सुस्तताको सबैभन्दा धेरै असर साना तथा मझौला उद्योगमा परेको छ ।

पर्यटन क्षेत्रसँग सम्बन्धित अधिकांश कम्पनी, रियल स्टेटको आधाभन्दा बढी कम्पनी, होटल–रेष्टुरेन्टसमेत रिटेल उद्योगसँग सम्बन्धित मानिसहरुले उनीहरुको काममा ७० प्रतिशतको गिरावट आइसकेको र दोस्रो त्रैमासिकको नतिजा थप भयावह हुने बताएका छन् ।

अनुसन्धानमा संलग्न भएका ४८ प्रतिशत कम्पनीले उनीहरुसँग यो महामारीबाट पार पाउनका लागि कुनै तयार योजना नभएको बताएका छन् । यद्यपि, यी कम्पनीले कोभिड–१९ को प्रकोपलाई सिमित गर्नका लागि उनीहरुले केही उपाय अपनाएको पनि बताएका छन् ।

दुबईस्थित कम्पनीमाथि कोरोनाभाइरस महामारीको असर कम गर्नका लागि के गर्न सकिन्छ, यसबारे दुबई चेम्बर अफ कमर्सले केही सुझाव पनि दिएका छन् । संस्थाले कम्पनीको कानूनी कारवाहीहरुबाट राहत पाउनुपर्ने, भाडामा केही छुट पाउनुपर्ने, कम्पनीसँग सम्बन्धित सरकारी खर्चलाई कम गर्नुपर्ने र सरकारी शुल्कमा माफीबाहेक उनीहरुलाई आर्थिक सहायताको आवश्यकता भएको बताएका छन् ।

संयुक्त अरब इमिरेट्समा आइतबार कोभिड–१९ का कारण थप चारजनाको मृत्यु भएको छ । स्थानीय स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घण्टा कोरोना भाइरस संक्रमणका ८ सय ९२ नयाँ संक्रमित देखिएका छन् । यससँगै हालसम्म संक्रमणका करिब २७ हजार संक्रमित फेला परिसकेका छन् ।

स्रोतः बीबीसी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ