Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड–१९ को औषधि विक्री गर्ने पहिलो देश बन्यो बंगलादेश

२०७७, १२ जेष्ठ सोमबार ०५:४६

जेठ १२, ढाका (बंगलादेश) । बंगलादेश कोरोना भाइरसको संक्रमणका कारण लाग्ने रोगको औषधि विक्री शुरु गर्ने विश्वमै पहिलो देश बनेको छ । आफूले अमेरिकी फर्मा कम्पनी गिलियाडको एन्टि भाइरल औषधि रेम्देसिभिरको जेनरिक संस्करण विक्री गर्न थालेको त्यहाँको बेक्जिमको फर्मास्युटिकल्सले बताएको हो । 

निजी क्लिनिकहरुलाई प्रति भाइल रेम्डेसिभिर करीब ६ हजार टाका (७१ अमेरिकी डलर)मा बेचिने कम्पनीका प्रमुख सञ्चालन अधिकृत राब्बुर रेजाले बताएका छन् । तर कोभिड–१९ का बिरामीहरुको उपचार गरिरहेका सरकारी अस्पताललाई भने औषधि निःशुल्क दिइने उनको भनाइ छ । कोभिड–१९ ले धेरै नै गाँजेका बिरामीहरुलाई कम्तिमा ६ भाइल औषधि चाहिने रेजाले बताएका छन् । 

विश्व व्यापार संगठन (डब्ल्यूटीओ)को अधिनमा रहेर बंगलादेशले औषधि उत्पादनको अनुमति पाएको हो । कोभिड–१९ का बिरामीमा आपतकालीन प्रयोगका लागि अमेरिकी औषधि नियामकले यसको उत्पादनलाई अनुमति दिएको थियो । 

रेम्देसिभिरले मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने र कोरोना भाइरसलगायत भाइरसहरुसँग लड्ने क्षमता बढाउने विश्वसा गरिएको छ । कुनै देशको सरकारलाई औषधि चाहियो भने मात्रै निर्यात गरिने ब्रेक्जिमले बताएको छ । 

गिलियाडले पाँच औषधि निर्माता कम्पनीहरुलाई रोयल्टी बिना रेम्देसिभिरको उत्पादन गर्ने अनुमति दिएको छ । यी औषधिहरु १२६ देशमा निर्यात गर्ने अनुमति मिलेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश