2026-09-08 09:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा कोरोना संक्रमित ५० हजार नाघ्यो, साउदीमा ५४ हजार बढी निको भए

योगेन्द्र योगी | जेठ १६, दोहा | कतारमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । बिहीबार १ हजार ९ सय ६७ नया संक्रमित थपिए संगै संख्या ५० हजार ९ सय १४ पुगेको छ ।

बिहीबार मात्रै २ हजार १ सय १६ जनाले उपचारपछि स्वास्थयलाभ गरेका छन् । योसँगै उपचारपछि निको भएर घर फर्किनेको संख्या १५ हजार ३ सय ९९ पुगेको छ भने अहिलेसम्म ३३ जनाको मृत्यु भैसकेको छ । 

यता, साउदीमा ५४ हजार ५ सय ५३ जना कोरोना संक्रमित  उपचारपछि निको भएर घर फर्किएको  साउदीको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साउदीमा अहिलेसम्म ८० हजार १ सय ८५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने अहिलेसम्म ४ सय ४१ जनाको मृत्यु भएको छ ।

साउदीस्थित नेपाली दूताबासका अनुसार १३ सय ६४ जना नेपालीलाई कोरोनाको संक्रमण पुष्टि भएको थियो भने कोरोनाको  कारण ७ नेपालीको मृत्यु भएको थियो । पछिल्लो समयमा कोरोना सङ्क्रमित नेपालीहरु के कति छन् जानकारी दिने कार्य भैरहेको दूताबासले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग