2026-09-08 09:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभिन्न ८ देशबाट नेपालीहरु स्वदेश फर्काउने सम्बन्धमा पाकिस्तान स्थित दुतावासको सूचना

जेठ १७, काठमाडौँ | पाकिस्तानको इस्लामावाद स्थित दुतावासले विभिन्न ८ देशमा समस्यामा परेका नेपालीहरु स्वदेश फर्काउने निर्णय गरेको जानकारी दिएको छ । 

दुतावासले आज गराएको जानकारी अनुसार बन्दाबन्दीको कारण नेपाल फर्कन नपाएका र तत्काल नेपाल फर्कन चाहेका पाकिस्तान, इरान, टर्की, क्यारग्याज रिपब्लिक, तुर्कमेनिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकताको आधारमा नेपाल फर्काउने भन्दै आफ्नो विवरण भर्न आग्रह गरिएको छ । दुतावासले नेपाल फर्कन चाहनेहरुले यसअघि इमेल, रजिष्ट्रेशन फाराम, टेलिफोन/मोवाइल/WhatsApp message मार्फत नाम टिपाइसकेका हरु सहित सबैले तलको लिंकमा गई आफ्नो विवरण जुन २ भीत्र भरेर बुझाउन अनुरोध गरेको छ । 

साथै पासपोर्ट नभएकाहरुले ट्राभल डकुमेन्टको लागि आफ्नो सम्पुर्ण विवरण [email protected][email protected] मा पठाउन समेत दुतावासले अनुरोध गरेको छ ।

फारम भर्ने लिंक: https://pk.nepalembassy.gov.np/registration-form-to-return-to-nepal/

दुतावासको सूचना अनुसार: 

विवरण अद्यावधिक भएपश्चात् मात्र प्राथमिकता निर्धारण, सम्बन्धित मुलुकबाट नेपालसम्मको हवाई उडान तथा अन्य आवश्यक प्रबन्ध गर्न सहज र सहयोग पुग्ने हुँदा यथाशक्य छिटो ठीक विवरण उपलब्ध गराई सहयोग हुन अनुरोध गरिन्छ। साथै, नेपाल फर्कने सम्बन्धमा देहायका व्यवस्था रहेको व्यहोरा समेत जानकारीका लागि अनुरोध गरिन्छः

१. नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रुपमा 14 (चौध) दिनसम्म स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टिनमा वा आफ्नै खर्चमा तोकिएको होटलमा क्वारेन्टिनमा बस्नु पर्नेछ।

२. हवाई उडान खर्च र होटल क्वारेन्टिन खर्च लगायत सम्पूर्ण खर्च स्वदेश फर्कने व्यक्ति स्वयंले व्यहोर्नु पर्नेछ।

३. हवाई उडानबाट स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नु अघि कोभिड-19 संक्रमण नभएको स्वास्थ्य परीक्षण (पि.सि.आर./आर.डि.टि./अन्य परीक्षण) प्रतिवेदनको प्रमाण साथमा राख्नु पर्नेछ।

४. नेपाल जाने प्रत्येक व्यक्तिले तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ।

५. नेपाल प्रवेश गरेपछि प्रत्येक व्यक्तिले आफ्नो मोवाइलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको “हाम्रो स्वास्थ्य” एप डाउनलोड गरी क्वारेन्टिनमा रहँदाको अवधिको नियमितरुपमा स्वास्थ्य विवरण अद्यावधिक गर्नु पर्नेछ।

६. विदेशबाट जाने प्रत्येक यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा स्वास्थ्य स्वघोषणा फाराम भर्नु पर्नेछ र ज्वरो मापन गरिनेछ।100.40 भन्दा वढी ज्वरो आएकालाई आइसोलेसन कक्षमा र अन्यलाई होल्डिङ सेन्टरमा लगिनेछ।

७. प्रत्येक यात्रुलाई काठमाडौंमा रहेका होल्डिङ सेन्टरमा लगि आवश्यक प्रक्रिया पूरा भएपछि होटल क्वारेन्टिनमा बस्न स्वघोषणा गरेकाहरुलाई होटल क्वारेन्टिन जान र स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टिनमा जान स्वघोषणा गरेकाहरुलाई सोही बमोजिम सम्बन्धित जिल्लामा रहेका क्वारेन्टिनस्थलमा जाने व्यवस्था गरिनेछ।

८. हवाईसेवा, उडान तालिका, हवाई उडान खर्च, होटल क्वारेन्टिन खर्च लगायतका विवरण पछि जानकारी हुने व्यहोरा अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग