Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम मन्त्रालयद्वारा काउन्सेलर श्रम र सहचारीहरुको छनौट, कुन देशमा को ? (नामावली सहित)

२०७७, २० जेष्ठ मंगलवार १५:२८

जेठ २०, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काउन्सेलर श्रम र श्रम सहचारीहरुको छनोट गरेको छ । मन्त्रालयले दक्षिण कोरीया, कतार र मलेसियाका लागि काउन्सेलर श्रम र यूएई ओमान, मलेसिया, कुवेत र साउदी अरबका लागि श्रम सहचारी छनोट गरेको हो ।

काउन्सेलर श्रमतर्फ दक्षिण कोरियाका लागि रमा भट्टराई निरौला, कतारका लागि कृष्ण प्रसाद खनाल र मलेसियाका लागि दीपक ढकाल छनोट भएका छन् । भट्टराई हाल मन्त्रालयको सामाजिक सुरक्षा कोष बबरमहल, खनाल वैदेशिक रोजगार विभाग र ढकाल मन्त्रालयमा कार्यरत रहेका छन् । उनीहरु सबै उपसचिव हुन् । त्यस्तै मन्त्रालयले उपसचिव कविन्द्र नेपाललाई प्रतिक्षा सूचीमा राखेको छ । 

त्यस्तै श्रम सहचारीमा शाखा अधिकृतहरु प्रमिला केसी यूएई, दिनेश ढकाल ओमान, प्रकाश पन्थी मलेसिया, विपना ज्ञवाली कुवेत, प्रेम उपाध्याय साउदी अरबका लागि छनोट भएका छन् । श्रम सहचारीको प्रतिक्षा सूचीमा वैदेशिक रोजगार विभाग बुद्धनगरका शाखा अधिकृत बाबुराम घिमिरे र मन्त्रालयका शाखा अधिकृत हेम कुमार अधिकारी रहेको मन्त्रालयका उपसचिव देवेन्द्र कार्कीद्वारा जारी सूचनामा उल्लेख छ । 

मन्त्रालयले गत मंसिर २६ गतेको सूचना र काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनोट तथा नियुक्त सम्वन्धी कार्यविधि तथा मापदण्ड २०७३ मन्त्रीस्तरीय निर्णयबाट उक्त छनोट भएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी