2026-10-26 05:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गर्भवती हात्तीको विभत्स हत्या : पानीमा तीन दिनसम्म मृत्यु पर्खिरहिन्

जेठ २२, भारत । एजेन्सी । दक्षित भारतको केरल राज्यमा एक गर्भवती हात्तीको विस्फोटक भरिएको फलफूल खाँदा मृत्यु भएपछि मानवतामाथि ठूलो प्रश्न खडा भएको छ । उक्त हात्तीलाई केही उच्छृङ्खल तत्त्वले विस्फोटक पदार्थ भरिएको फलफूल खान दिएको आशंका छ । यस घटनालाई मानिस र जनावरबीचको संघर्षमा मानवताको पतनको अर्को अध्यायका रुपमा लिइएको छ ।

वन विभागका अधिकारीका अनुसार उक्त हात्तीको उमेर १४–१५ वर्षको रहेको थियो । विस्फोटपछि घाइते भएकी हात्ती यति पीडामा थिइन्, उनी तीन दिनसम्म वेलियार नदीमा उभिएर बसिरहिन् । यस दौरान उनको सुँड र मुख पानी भित्र नै थियो । उनीसम्म चिकित्सक पुर्याउने प्रयास पनि असफल रह्यो । 

साइलेन्ट भ्याली नेशनल पार्क, पलक्कडका वाइल्ड लाइफ वार्डन सेमुअल पचाऊले बीबीसीसँग भने, ‘हामीले हात्ती घाइते भएको स्थान फेला पार्न सकेका छैनौँ । हात्तीले मात्र पानी पिइरहेकी थिइन्, सायद यसले उसलाई राहत मिलिरहेको थियो । उनको मुखको दुवै तर्फ गम्भीर चोट लागेको थियो । उनको दाँत पनि भाँचिएको थियो ।’

पल्लकड जिल्लाको मन्नारकड क्षेत्रका वन अधिकारी सुनील कुमारका अनुसार वन विभागका अधिकारीहरुले यो हात्तीलाई गत २५ मे मा फेला पारेका थिए । यो हात्ती छेउको खेतमा पुगेकी थिइन् । सायद उनी आफ्नो गर्भमा रहेको शिशुका लागि केही खान चाहन्थिन् ।

हात्ती घायल भएको घटनाले तब चर्चा पायो, जब रेपिड रेस्पोन्स टोलीका वन अधिकारी किृष्णननले फेसबुकमा यसबारे भावुक पोष्ट लेखे । उनका अनुसार घाइते भएपछि हात्ती एक गाउँबाट भाग्दै निस्किएकी थिइ्न । उनले कसैलाई पुर्याइनन् ।

सुनील कुमारका अनुसार विभागले हात्तीलाई मद्दत गर्नका लागि नदीबाट बाहिर निकाल्ने प्रयास गरे पनि उक्त हात्ती त्यहाँबाट टसमस भइनन् । वन विभागका पशु चिकित्सहरुले हात्तीको अपरेशन गर्ने प्रयास गरिरहेका थिए ।

अन्ततः गत मे २७ मा नदीमा उभिएकै अवस्थामा हात्तीले अन्तिम श्वास लिइन् । पोस्मार्टमका लागि उनको शव लैजाँदा उनी गर्भवती रहेको खुलेको थियो । कृष्णाले आफ्नो पोष्टमा लेखेका छन्, ‘पोस्टमार्टम गरेका डाक्टरहरुले मलाई भने कि उनी एक्लै थिइनन् । उनीहरुको अनुहार मास्कले छोपेको भए पनि म डाक्टारहरुको पीडालाई महसुस गर्न सक्थेँ । हामीले त्यहाँ नै चितामा जलाएर अन्तिम संस्कार गर्यौँ । हामीले शिर झुकाएर अन्तिम सम्मान प्रकट गर्यौँ ।’

स्यामुअल पचाऊ अनुसार यस विषयमा उजुरी दर्ता गरिएको छ र हात्तीको मृत्युको लागि जिम्मेवारहरुको पहिचान गर्ने प्रयास भइरहेको छ । पचाऊ भन्छन्, ‘पहिले पनि जनावर र मानिसबीच संघर्षको कयौँ घटना बाहिर आएको थियो । तर, कसैले हात्तीलाई विस्फोटक पदार्थ प्रयोग गरेर घाइते बनाएको यो पहिलोपटक हो ।’ स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने