2026-09-08 10:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट नेपाल फर्कन यी मितिमा हुँदैछन् उडानहरु, कति पर्छ हवाईभाडा ? (सूचना सहित)

जेठ २९, काठमाडौँ | मलेसियाबाट बिभिन्न चार उडान मार्फत नेपालीहरु ल्याउन मलेसिया स्थित नेपाली राजदुतावासले सूचना जारी गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका जोखिमका बीच नेपाल सरकारले समस्यामा परेका नेपालीहरुलाई नेपाल फर्काउने निर्णय गरेसंगै नेपालीलाई ल्याइने भएको हो । 

दुतावासले सूचनामा उल्लेख गरेको छ ‘कोभिड १९ को विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धि आदेश, २०७७’ बमोजिम मलेसियामा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकहरुलाई नेपाल फर्काउनको लागि नेपाल सरकारले क्वालालाम्पुरबाट काठमाडौँको लागि पहिलो चरणमा निम्न अनुसारका चारवटा उडानहरुको तय गरेको छ:

१५ जुन २०२० – नेपाल एयरलाइन्सको A320 विमान

१८ जुन २०२० – हिमालयन एयरलाइन्सको A320 विमान

२० जुन २०२० –  नेपाल एयरलाइन्सको A330 विमान

२१ जुन २०२० – हिमालयन एयरलाइन्सको A320 विमान

प्राथमिकता क-कसलाई ? 

दुतावासले जारी गरेको सूचना अनुसार दुतावासको फेसबुक र वेवसाइटमा जारी गरिएको फारमको आधारमा नेपाल ल्याइनेहरुको प्राथमिकता निर्धारण गरिने उल्लेख छ । साथै प्राथमिकतामा परेकाहरुको सूची दुतावासले प्रकाशन गर्नेछ । त्यहि सूचीमा परेका नामहरुले सम्बन्धित एयरलाइन्ससँग टिकट खरिद गर्नुपर्नेछ । 

दुतावासले सूचनाको बुदा नम्बर ७ मा उल्लेख गरेको छ ‘मलेसियाको कानुन अनुसार अवैधानिक भई बसेका व्यक्तिहरुको लागि मलेसिया सरकारले आममाफीको कार्यक्रम नगरेकाले त्यस्ता व्यक्तिहरु हाल यी उडानहरु मार्फत नेपाल फिर्ता हुन सक्ने छैनन् । 

दुतावासको अनुसार  सुत्केरी, गर्भवती र विरामी महिला, सिकिस्त विरामी परेका पुरुष, अध्ययन समाप्त भएका विद्यार्थी र व्यापारिक तथा पर्यटक भिषामारही भिषा समाप्त भएका, रोजगारी भिषामा रही भिषा अवधि समाप्त भएका, कोभिडको कारण रोजगारी गुमाएका सहित बिभिन्न ९ प्रकारका समस्यामा परेका व्यक्तिहरुलाई निर्धारित विमान मार्फत नेपाल फिर्ता हुन प्राथमिकता दिइनेछ । 

टिकट मूल्य २२२० रिंगिट, स्वास्थ्य परीक्षण अनिवार्य  

दुतावासले जारी गरेको सूचना अनुसार टिकट मूल्य ५२० अमेरिकी डलर अर्थात मलेसियन रिंगिट २२२० तोकिएको छ । साथै विमानमा फर्कन चाहने नेपालीहरुसँग पछिल्लो ७ दिनको कोभिड-१९ संक्रमण भएनभएको एकिन हुने स्वास्थ्य परिक्षण गरेको रिपोर्ट अनिवार्य हुनुपर्नेछ । 

दुतावासले ध्यानाकर्षण गराउदै सूचनामा उल्लेख गरेको छ ‘समयमै टिकट खरिद नगरेमा प्राथमिकता अनुसार पछीका यात्रूलाई टिकट खरिद गर्ने अवसर प्राप्त हुनेछ ।’ 

सूचना हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग