2026-09-08 10:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतले कोरोना समेत परीक्षण गराएर निशुल्क नेपाल ल्याईदियो (८ तश्विरसहित)

जेठ २९, काठमाडौँ | कुवेतमा आममाफी पाएर आज स्वदेश फर्किएका १०२ नेपालीलाई यहाँको होल्डिङ सेन्टरमा ल्याइएको छ । नेपाली सेना वीर दल गणको समन्वयमा त्रिभुवन विमानस्थलबाट सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वैट र प्रदेश नं २ का नागरिकलाई मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वैटको होल्डिङ सेन्टरमा ल्याइएको हो । 

कुवेतले आफ्नै जहाज जजिरा एअरलाइन्समार्फत त्यहाँ आममाफी पाएका नेपालीलाई कोरोना परीक्षणसमेत गरेर नेपाल ल्याइदिएको छ । लकडाउनपछि पहिलो पटक कुवेतबाट पहिलो उडानमार्फत १५० र दोस्रो उडानबाट १५० जना गरी जम्मा ३०० नेपाली महिला स्वदेश फर्किएका छन् ।

तीमध्ये त्रिभुवन विमानस्थलबाट प्रदेश नं १ मा पहिलो उडानबाट ३८ र दोस्रो उडानबाट ५४ महिला तथा प्रदेश नं २ मा पहिलो उडानबाट छ र दोश्रो उडानबाट चार महिला भक्तपुरको होल्डिङ सेन्टरमा ल्याइएको हो । 

उनीहरुलाई होल्डिङ सेन्टरमा केही घण्टा आराम गराई खाना खुवाएर सम्बन्धित प्रदेशमार्फत जिल्ला पठाइएको वीर दल गणका गणपति कर्नेल शिव पौडेलले जानकारी दिनुभयो । यहाँबाट गएकाहरु आ–आफनो जिल्ला पुगेपछि होम क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

स्वदेश फर्किएकालाई आवश्यक पैसा साट्नुपरेमा राष्ट्रिय वाणिज्य बैंक सूर्यविनायक शाखाले होल्डिङ सेन्टरमा काउण्टरको व्यवस्था गरेको र नेपाल टेलिकमले निःशुल्क सिम कार्ड वितरण गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनु्भयो ।

सेन्टरमा वीरदल गण सूर्यविनायकले व्यक्तिगत विवरण सङ्कलन गरी शरीरको तापक्रम मापन गरेको थियो । उनीहरुलाई सेन्टरमा केही समय आराम गराई खाना खुवाएर सम्बन्धित प्रदेशमार्फत जिल्लामा पठाइएको छ । 

कुवेतले भिसा नवीकरण नगर्दा अवैधानिक भएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा अघिल्लो रोजगारदाताले जरिवाना लगाएका नेपालीलाई लाग्ने शुल्क माफ गरी निःशुल्क रुपमा आफ्नै जहाजमार्फत नेपाल ल्याइदिएको हो । 

कुवेतले गत अप्रिल २६ देखि ३० सम्म नेपालीलाई आममाफीमा सहभागी गराएको थियो । कुवेतले आममाफीमा सहभागी भएकालाई आफ्नै खर्चमा सेल्टरमा राखेर खानाको समेत व्यबस्था गर्दै आएका दुई हजार ९९१ जनाको सूची नेपाल फर्काउन दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको बताइएको छ । रासस

तश्वीरहरु: 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कुवेतबाट फर्केका नेपाली ।  रोजगारीको सिलसिलामा विदेशमा समस्यामा परेका नेपालीहरुलाई नेपाल फर्काउने सरकारको नीतिअनुसार उनीहरु बिहीबार नेपाल फर्केका हुन् । तस्वीरः प्रदीपराज वन्त/रासस

कुवेतबाट बिहीबार त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल आइपुगेका नेपाली  बसबाट होल्डिङ्ग सेन्टर जाँदै  । तस्वीरः प्रदीपराज वन्त/रासस

कुवेतबाट स्वदेश फर्केका नेपालीहरु  बिहीबार त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको कफी सपमा खानेकुरा किन्दै । तस्वीरः प्रदीपराज वन्त/रासस

त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा कुवेतबाट फर्केका नेपाली महिला । रोजगारीको सिलसिलामा विदेशमा समस्यामा परेका नेपालीहरुलाई नेपाल फर्काउने सरकारको नीतिअनुसार कुवेत सरकारको सहयोगमा उनीहरु बिहीबार नेपाल फर्केका हुन् । तस्वीरः प्रदीपराज वन्त/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग