2026-09-08 10:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वदेश फर्कन चर्को भाडादरको विरोध गर्दै मलेसिया दुतावासमा २२ संघ-संस्थाद्वारा ज्ञापनपत्र

जेठ ३०, काठमाडौँ | कोरोना भाइरसको कारण बिभिन्न देशमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ताको लागि नेपाल सरकार मन्त्रीपरिषदले निर्णय गरेको चार्टर विमान भाडादर प्रती चौतर्फी आलोचना भईरहेका बेला मलेसियाका नेपाली संघ-सस्थाहरुको पनि ध्यानाकर्षण भएको छ ।

मलेशियामा अलपत्र नेपालिहरुको उद्दारका सम्बन्धमा नेपाल सरकार मन्त्रीपरिषदले निर्णय गरेको चार्टर विमान भाडादर प्रती मलेशियामा स्थापित विभिन्न २२ नेपाली संघ-सस्थाहरुले गैर आवासीय नेपाली संघको नेतृत्वमा दुतावास समक्ष संयुक्त  ज्ञापनपत्र बुझाएका छन् । 

मलेसियास्थित नेपाली राजदुत उदयराज पाण्डेसमक्ष पेश भएको ज्ञापन पत्रमा भनिएको छ ‘कोभिड १९ को महामारीबाट पिडित प्रवासमा रहनुहुने नेपालीहरुको उद्दारका लागि नेपाल सरकारको निर्णय अनुसार केहि उडानहरु व्यवस्था गरेकोमा धन्यवाद दिन चाहन्छौं । प्राथमिकतामा पर्नुहुने यात्राको लागि नेपाली श्रमिकहरुले आफै हवाई टिकट काटी जानुपर्ने बाध्यतामा मलेसियाका लागि तोकिएको USD 520 नेपाली श्रमिकहरुको हकमा मूल्य अत्याधिक बढी भएकाले गैर आवासीय नेपाली संघ तथा मलेसियामा क्रियाशील विभिन्न संघ, संस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।’ 

ध्यानाकर्षणमा अगाडी उल्लेख छ ‘सरकारले उद्दारको वहानामा अलपत्र कामदारमाथी व्यापार गर्ने गरी चर्को मूल्य निर्धारण गरेको हुँदा यो बारेमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । नेपाल सरकारले निर्धारण गरेको भाडादर पिसिआर टेष्ट, क्वारेन्टाइन खर्च सबै जोड्दा १ लाख १५ हजार नेपाली हुन आउँछ ।’

तल हेर्नुहोस नेपाली संघ-सस्थाहरुले गैर आवासीय नेपाली संघको नेतृत्वमा बुझाएको ज्ञापनपत्र:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग