Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएई स्थित दुतावासका एक कर्मचारीले बोलेको अभिव्यक्ति सहितको भिडियो भाइरल भएपछि…

२०७७, ३ असार बुधबार ०८:०७

योगेन्द्र योगी | असार ३, दोहा | कोरोनाको कारण समस्यामा परेका नेपालीहरुको उद्दारको लागि तोकिएको उडान रद्द भएपछि यूएइमा रहेका र घर फर्कने आशमा बसेका नेपालीहरु थप समस्यामा परेका छन् । 

खाने बस्ने समस्या भएपछि उनीहरु स्वदेश फर्काइदिन माग गर्दै यूएइस्थित नेपाली दूतावासको ढोकामा गुहार माग्न र समस्या सुनाउन पुगे त्यहाँ पुगेका पिडित नेपालीहरुलाई उद्दार गर्ने काम हाम्रो होइन भन्दै ढोका बन्द गरे ।

आफूहरु श्रम गरेर आएकाले उद्धारका लागि सरकारले जिम्मेवारी लिनुपर्ने पिडितहरुको भनाइ थियो । दूतावासको कोठाभित्रैबाट  कर्मचारीले घर फर्कने पालो आएपछि फोन गर्ने भन्दै उनीहरुलाई उनीहरुलाई रुखो बोलीमा सम्झाए जस्तो देखिन्छ सामाजिक संजालमा भाइरल भएको भिडियोमा ।


आफूहरु पालो कुर्न तयार रहेको तर खान बस्न नै समस्या भएकोले त्यसको व्यवस्था गरिदिन आग्रह गर्दा पनि दूताबासले हाम्रो मागको बेवास्था गरेको पिडित श्रमिकहरु बताउछन् ।

यता, यूएईस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा बोलेको कुरा दूतावासको आधिकारिक नभएको जनाएको छ ।

केही दिन पहिले दूताबासमा एकजना नेपाली श्रमिकले उद्धारको लागि याचना गर्दा दूतावासका कर्मचारीले ‘उद्धार गर्ने काम हाम्रो होइन’ भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

दूतावासको सम्पर्कमा आउने समस्यामा परेका नेपालीलाई त्यहाँका कर्मचारीले सहयोग गर्ने, सम्झाउने र यथार्थ जानकारी दिने गरेको दूतावासको भनाइ रहेको छ ।

यस्तै यस्तो अप्ठ्यारो स्थितिमा पनि धैर्यधारण गरेर सहयोग गरेकोमा दूतावासले यूएईमा रहेका सबै नेपालीलाई धन्यवाद दिएको छ । आगामी दिनहरु सहज बनाउन र हवाइ उडान सुचारु गराउन निरन्तर प्रयास भइरहेको दूतावासले जानकारी दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ