Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वदेश फर्कन लागेकाहरुलाई दूतावासले सोध्यो ‘देशमै केही गर्ने इच्छा छ की ?’

२०७७, ६ असार शनिबार ०२:३५

योगेन्द्र योगी | असार ६, दोहा | साउदीबाट कोरोना संक्रमणको असहज परिस्थितिका कारण तथा करार अवधि सकेर स्वदेश फर्कने युवाहरुलाई देशमै केहि काम गर्न साउदीस्थित नेपाली दूतावासले आग्रह गरेको छ। विदेशमा सिकेको ज्ञान, सीप, अनुभव र पूँजीबाट मूलुकले धेरै अपेक्षा गरेको भन्दै स्वदेशमै केही गर्न आग्रह गरेको जनाएको छ । 

विदेश बसाइका क्रममा तपाईहरुले यहाँ भोग्नु परेका तिता, मीठा र अप्ठ्याराहरु झेल्दै लामो अनुभव हासिल गर्दै विदेशमा हाँसिल गरेको ज्ञान, सीप, अनुभव र पूँजीबाट मुलुकले धेरै अपेक्षा गरेको छ दूतावासले भनेको छ। 

सरकारले नेपालमा कृषि क्षेत्रको आमूल विकास गरी उत्पादनको आयातमाथिको निर्भरतालाई कम गर्ने लक्ष्य अघि सारेकाले कृषिमा संलग्न भई आत्मनिर्भर बन्न दूतावासले सुझाव दिएको छ । 

कतिपय अवस्थामा कोरोनाले अप्ठ्यारो परिस्थिति सिर्जना गरे पनि आफ्नो देशमा फर्किएर देशको माटोमा केही गर्ने अवसर समेत जुटाइदिएको दूतावासको भनाइ छ। 

नेपाल सरकारले कृषि क्षेत्रको आमूल विकास गरी कृषि उत्पादनको आयात माथिको नर्भरतालाई कम गर्दै जाने लक्ष्य लिएको छ । विदेशबाट फर्किने जनशक्तिलाई लक्षित गरेर सरकारले कृषिक्षेत्रको विकासका कार्यक्रम ल्याएको छ । 

कृषिक्षेत्रको विकासमा अतिरिक्त रोजगारी सिर्जनाका अन्य क्षेत्रलाई समेत सरकारले महत्वका साथ समेटेको छ ।  कृषि क्षेत्रको सुधार  अन्तर्गत लगानीमा प्रोत्साहन, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,  कृषि तथा पशु व्यवसायमा अनुदान, निशुल्क कृषि तालिम,  वीमाको भरपर्दो व्यवस्था कृषि क्षेत्रमा प्रवाह हुने ऋणको व्याजमा भारी सहुलियत,  कृषि उपजको अग्रिम मूल्य निर्धारण, उत्पादनमा सहुलियत लगायत दर्जनौँ उत्प्रेरणात्मक र व्यवहारिक कार्यक्रमहरु ल्याएको छ । 


देशको थुप्रै उर्वर भूमि वर्षौंदेखि उत्पादनहीन् अवस्थामा रहेको छ । मुलुकलाई चाहिने महत्वपूर्ण श्रम शक्ति मुलुक बाहिरको रोजगारीमा रहेको हुँदा यो क्षेत्र ओझेलमा परेको छ । स्थानीय स्तरमा समेत रोजगारीका अवसर सृजना गरी देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने युवा जनशक्ति  मुलुकको विकासमा प्रत्यक्ष संलग्नता आवश्यक रहेको छ । कोरोना संक्रमणको जटील परिस्थितिले यो अवसर जुटाइदिएको छ ।

तसर्थ, तपाइँहरुको वैदेशिक रोजगारीको अनुभव समेतका माध्यमबाट व्यवसायिक कृषि तथा पशुपालन, स्थानीय स्तरमा रोजगारी सृजनाका अन्य उपायहरु  तथा स्थानीय स्तरमा सामाजिक र आर्थिक पूंजी परिचालन गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन सकिने भएको हुँदा संगठित वा व्यक्तिगतरुपमा अगाडि आएर यो क्षेत्रमा कृयाशील रहन स्वदेश फर्किन लागेका नेपालीहरुलाई दूतावासले अनुरोध गरेको छ । 

साउदी अरबमा रहेर पनि कतिपय यहाँहरुले मुलुकमा कृषि तथा पशुपालन र रोजगारीका अन्य क्षेत्रमा संगठित लगानीको शुरुवात गरिसक्नुभएको छ ।

वैदेशिक रोजगारीबाट फर्केकाहरुले आफ्नो घरपरिवार, समाज र समग्र मुलुकका लागि आसा र भरोसा जगाउँदै मुलुकको विकासमा महत्वपूर्ण  योगदान गर्नुहुनेछ भन्ने पूर्ण विश्वास रहेको दूतावासले जनाएको छ ।

कोरोना संक्रमणका महामारीका समयमा धेरै दुःख कष्ट सहेर धैर्यतापूर्वक स्वदेश फर्किने दिनको प्रतिक्षामा बस्नुभएकोमा यहाँहरुप्रति नेपाली दूतावास धन्यवाद दिन चाहन्छ दूतावासले भनेको छ  । साउदीबाट शनिबार हुने भनिएको चार्टरउडान जुन २३ हुने भएको दूतावासले जनाएको छ । बिहीबार भएको पहिलो चार्टर उडानबाट १५३ जना नेपाली स्वदेश फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश