2026-09-08 10:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाका कारण संसारमा योगको आवश्यकता महसुस भयो: भारतीय प्रधानमन्त्री

असार ७, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरराष्ट्रिय योग दिवसमा राष्ट्रलाई सम्बोधन गर्दै कोभिड–१९ महामारीका बेला योगले प्रतिरोधी क्षमतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका निभाउन सक्ने बताएका छन् ।

उनले भने, ‘योग प्रति उत्साह बढिरहेको छ र यो कति व्यापक छ भनेर योगको भिडियोले देखाउँछन् । यो परिवारलाई नजिक बढाउने दिन पनि हो । कोरोना महामारीका कारण संसारमा योगको आवश्यकता पहिलेभन्दा गम्भीरतापूर्वक महसुस भइरहेको छ । यदि हाम्रो प्रतिरोधी क्षमता बलियो भए यसले हाम्रो रोग हराउन निकै मद्दत गर्छ । प्रतिरोधी क्षमता बढाउनका लागि योगका अनेक विधि छन् । ’

‘अनेक प्रकारका आसन छन् जसले हाम्रो शरीरको ताकत बढाउँछ, मेटाबोलिजमलाई बलियो बनाउँछ । कोभिड–१९ विशेषगरी हाम्रो श्वासतन्त्रमा हमला गर्छ । हाम्रो श्वासतन्त्रलाई बलियो बनाउन प्राणायामले अत्यधिक मद्दत गर्छ । यो एक ब्रिथिङ एक्सरसाइज हो । सामान्य रुपमा अनलोम–विलोम, प्राणायाम प्रभावकारी छन् । प्राणायामका अनेक प्रकार छन् ।’

मोदीले व्यायामका साथै प्राणायाम गर्न पनि आग्रह गरेका छन् । मोदीले छैटौं अन्तरराष्ट्रिय योग दिवसको शुभकामना दिँदै यो दिन एकजुटता र सार्वभौमिक भाइचाराको दिन भएको बताएका छन् ।

उनले यो विश्व बन्धुत्वको सन्देश दिने दिन पनि भएको बताएका छन् । स्रोतः बीबीसी, रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग