Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वमा ९१ लाख ९४ हजार भन्दा बढी कोरोनाबाट सङ्क्रमित, ४ लाख ७४ हजारको मृत्यु

२०७७, ९ असार मंगलवार ०८:५३

असार ९, काठमाडौँ । रासस/एएफपी। कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७४ हजार ५०३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९१ लाख ९४ हजार ९६० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । 

नेपाली समयानुसार मङ्गलबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका  ४९ लाख ४१ हजार ७४६ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३७ लाख ७८ हजार ३११ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ९१३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २३ लाख ८८ हजार २२५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख २२ हजार ६११ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १८ लाख १७ हजार ३२२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ७२ हजार ६२९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २७ लाख ७४ हजार ८६४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५६ हजार २२३ जनाको मृत्यु भएको छ । 

युरोपमा २३ लाख  २७ हजार  ७२३ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८७ हजार ९५४ को मृत्यु भएको छ । एसियामा १९ लाख ४६ हजार ३७९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४९ हजार १८७ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा  ३ लाख १८ हजार ३२१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने  ८ हजार ३७१ जनाको मृत्यु भएको छ ।  ओसियानामा  ९ हजार ११५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित