2026-07-25 05:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरान विरुद्ध हतियारमाथिको प्रतिबन्ध अवधि थप गर्न अमेरिकी प्रस्ताव

असार ९, संयुक्तराष्ट्र संघ। (रासस–एएफपी)। संयुक्तराज्य अमेरिकाले इरान विरुद्ध लगाइएको हातहतियार खरिदमाथिको प्रतिबन्धको अवधि अरु थप गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद समक्ष प्रस्ताव गरेको छ ।अमेरिकाले सन् २०१९ मा साउदी अरेबियास्थित तेल प्रशोधन केन्द्रहरुमा भिषण हमला इरानले गरेको आरोप लगाउँदै उक्त घटनाका सम्बन्धमा इरान विरुद्ध निन्दा प्रस्ताव पनि गरेको छ । 

सन् २०१५ मा इरानसँग भएको आणविक कार्यक्रमसम्बन्धी सम्झौता बमोजिम इरान विरुद्ध हातहतियार खरिदबिक्री गर्न नपाउने गरी भएको प्रतिबन्ध आगामी अक्टोबरमा समाप्त हुँदैछ । तर अमेरिकाको मुख्य विपक्षीजस्तो देखिएको इरानमाथिको त्यो प्रतिबन्ध बढाउन अमेरिकाले प्रयास गरिरहेको छ । 

शुक्रबार, सन् २०१५ को आणविक सम्झौताका हस्ताक्षरकर्ता मुलुकहरु – फ्रान्स, बेलायत र जर्मनी – ले संयुक्त विज्ञप्ति प्रकाशन गरी इरान विरुद्धको प्रतिबन्ध फुकुवा गरिए क्षेत्रीय सुरक्षा र स्थिरतामा संकट आउन सक्ने चेतावनी दिएका छन् । अमेरिकाको पछिल्लो प्रस्तावमा इरानद्वारा साउदी अरेबियामाथि सेप्टेम्बर २०१९ मा भएको आक्रमणको भत्र्सना गरिएको कुरा एएफपीलाई प्राप्त मस्यौदामा देखिएको छ ।मस्यौदामा सुरक्षा परिषदले ३० दिनको सूचना बमोजिम स्वीकृत गरेबाहेकका सबै किसिमका हातहतियार र त्यससँग सम्बन्धित सामग्रीहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आपूर्ति, बिक्री वा हस्तान्तरण गर्न निषेध गर्न आह्वान पनि गरिएको छ । 

सुरक्षा परिषदमा उक्त प्रस्तावमाथि हुने मतदानको मिति तोकिएको छैन र यो स्वतः पारित हुने सम्भावना छैन किनभने परिषदका स्थायी सदस्य राष्ट्रहरु चीन र रसियाले इरान विरुद्धका प्रतिबन्धको म्याद बढाउन नहुने बताइसकेका छन् । साउदी अरेबियाको तेल केन्द्र अराम्कोमा सन् २०१९ मा आक्रमण हुँदा ठूलो क्षति पुग्नुका साथै विश्वकै तेल उत्पादनमा असर परेको थियो । 

उक्त आक्रमणको छानबिन गरेको राष्ट्रसंघले आक्रमणमा प्रयोग गरिएका क्रुज क्षेप्यास्त्र र ड्रोनका पार्टपुर्जाहरु इरानमै बनाइएका वा अन्यत्रबाट आयात गरिएका थिए । 

फ्रान्स, बेलायत र जर्मनीले यसअघि राष्ट्रसंघीय प्रतिबन्धहरु इरानमाथि एक पक्षीय रुपमा लगाउन नहुने बताउँदै आएका थिए । इरानले अन्तर्राष्ट्रिय प्रतिबन्धहरु फुकुवा गर्ने शर्तमा सन् २०१५ मा आणविक अस्त्र निर्माण कार्यक्रम स्थगित गर्ने सम्झौता गरेको थियो । तर सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौता अस्वीकार गर्दै इरान विरुद्ध अझ आक्रामक रणनीतिहरु अघि बढाउनुभएको थियो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक