2026-09-08 10:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोपमा कार बिक्री २५ प्रतिशतले घट्यो

असार ९, पेरिस, ९ असार (रासस–एएफपी) । कोरोनाभाइरस महामारीका कारण युरोपमा यस वर्ष कार बिक्रीमा २५ प्रतिशतले कमी आएको छ । युरोपेली कार उद्योग समूहले कार उत्पादन कारखानाले ठूलो आर्थिक संकटको सामना गर्न लागेको जनाएको छ । 

युरोपेली अटोमोबाइल उत्पादक संघ (एसीइए) ले युरोपेली युनियन र सदस्य राष्ट्रका सरकारहरुलाई उद्योग बचाउन र रोजगारी गुम्न नदिने परिस्थिति निर्माण गर्न पनि आह्वान गरेको छ । 

युरोपमा कार बिक्रीमा व्यापक गिरावट आउने जनाउँदै एसीइएले जारी गरेको विज्ञप्तिमा सन् २०१९ मा करिब १ करोड २८ लाख थान कार बिक्री भएकामा यस वर्ष सन् २०२० मा करिब ३० लाख थान कार बिक्री घट्ने उल्लेख छ । अर्थात् यस वर्ष करिब ९६ लाख थान कार मात्र बिक्री हुनेछन् । 

यस वर्ष, कोरोनाभाइरस महामारी रोक्न जारी गरिएका लकडाउन र प्रतिबन्धहरुको असरका कारण कार बजार करिब ४१.५ प्रतिशतले खुम्चिएको छ । तर एसीइएले प्रतिबन्धहरु खुकुलो हुन थालेकाले परिस्थितिमा केही सुधार हुने अपेक्षा राखिएको जनाएको छ । 

एसीइएले युरोपको अटोमोबाइल क्षेत्रले धेरैपछि असामान्य परिस्थितिको सामना गर्नु परेको जनाएको छ । यी नकारात्मक असरलाई युरोपेली युनियन र सरकारहरुले राजनीतिक र आर्थिक मद्दतका आधारमा मिलेर मात्र हल गर्न सक्ने इसीइएले बताएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग