Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा एकै दिन झण्डै १६ हजार कोरोना सङ्क्रमित भेटिए

२०७७, १० असार बुधबार ०८:०६

असार १०, नयाँ दिल्ली। (रासस-एएनआई) । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको दैनिक संख्या अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा एकै दिन झण्डै १६ हजार जना सङ्क्रमित भेटिएका छन् । 

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा १५ हजार ९६८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाएको छ । सोही अवधिमा भारतमा कोरोनाका कारण ४५६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृतकको संख्या १४ हजार ४७६ पुगेको छ भने सङ्क्रमितको संख्या चार लाख ५६ हजार १८३ पुगेको छ ।

भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या एक लाख ८३ हजार २२ रहेको छ । त्यसैगरी सङ्क्रमणमुक्त भएकाहरुको संख्या दुई लाख ५८ हजार ६८५ पुगेको छ । 

प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै महाराष्ट्रमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिलेसम्म एक लाख ३९ हजार १० जना सङ्क्रमित भएको तथ्याङ्क छ ।  तीमध्ये ६२ हजार ८४८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ६९ हजार ६३१ जना सङ्क्रमणमुक्त भइसकेका छन् । 

त्यसैगरी महाराष्ट्र राज्यमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म छ हजार ५३१ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार केन्द्रीय राजधानी समेत रहेको दिल्लीमा भने सङ्क्रमितको संख्या ६६ हजार ६०२ जना रहेको छ भने दुई हजार ३०१ जनाको मृत्यु भएको छ । 

त्यसैगरी तेस्रो धेरै प्रभावित तमिलनाडु राज्यमा ६४ हजार ६०३ जना सङ्क्रमित हुँदा ८३३ जनाको मृत्यु भएको छ  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ