२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ४ हजार भन्दा बढीको मृत्यु

२०७७, १५ असार सोमबार ०६:४८

असार १४, जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४ हजार ४९१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २  लाख ४९ हजार ८४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । 

नेपाली समयानुसार सोमबार मध्याह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५५ लाख ५७ हजार ९८० जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४१ लाख ८७ हजार ३६९ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ३४७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २६ लाख ३७ हजार ७७ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख २८ हजार ४३७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २१ लाख ४७ हजार ६८३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ८२ हजार ३८६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३० लाख ७६ हजार ९७० जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ६६ हजार ६९० जनाको मृत्यु भएको छ । 

युरोपमा २४ लाख १३ हजार ५१९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९० हजार ७२५ को मृत्यु भएको छ । एसियामा २२ लाख १६ हजार ३२१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५४ हजार ८५१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ३ लाख ८५ हजार २१९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९ हजार ६९८ जनाको मृत्यु भएको छ ।  ओसियानामा ९ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ। रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी