2026-09-08 11:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरसबाट विश्वमा पाँच लाख २४ हजार भन्दा बढीको मृत्यु

असार १९, जेनेभा। रासस/एएफपी) । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २४ हजार ४०६ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १० लाख  १ हजार २३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । 

नेपाली समयानुसार शुक्रबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६१ लाख ६२ हजार ४६३ जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४३ लाख १४ हजार १५४ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ८७३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २८ लाख ३७ हजार १८९ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ३१ हजार ४८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २३ लाख ६३ हजार ७२२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ८९ हजार ३८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३३ लाख १५ हजार ४५२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७२ हजार ७८४ जनाको मृत्यु भएको छ । 

युरोपमा २४ लाख ४१ हजार ६३६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९२ हजार ५९६ को मृत्यु भएको छ । एसिया २४ लाख २७ हजार ४६३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५८ हजार ९९८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ४ लाख ३५ हजार ६०२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १० हजार ६८३ जनाको मृत्यु भएको छ ।  ओसियानामा ९ हजार ७०८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग