स्वस्तिका चिलुवाल/ साउन ८, कतार । गैर आवासिय नेपाली संघको पाँचौ क्षत्रिय सम्मेलन सम्पन्न भएको छ । एनसिसि कतारको संयोजकत्वमा हिजो कतारमा सम्पन्न उक्त भेलाले बिभिन्न किसिमले विदेशमा गई बसोवास गर्ने नेपालीहरुको हक र हितमा सम्बन्धित पक्षमा गई पहल गर्ने निर्ण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... स्वस्तिका चिलुवाल/ साउन ८, कतार । गैर आवासिय नेपाली संघको पाँचौ क्षत्रिय सम्मेलन सम्पन्न भएको छ । एनसिसि कतारको संयोजकत्वमा हिजो कतारमा सम्पन्न उक्त भेलाले बिभिन्न किसिमले विदेशमा गई बसोवास गर्ने नेपालीहरुको हक र हितमा सम्बन्धित पक्षमा गई पहल गर्ने निर्ण"/>
२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गैर आवासिय नेपाली संघको पाँचौ क्षत्रिय सम्मेलन सम्पन्न

२०७३, ८ श्रावण शनिबार १०:०३

स्वस्तिका चिलुवाल/ साउन ८, कतार । गैर आवासिय नेपाली संघको पाँचौ क्षत्रिय सम्मेलन सम्पन्न भएको छ । एनसिसि कतारको संयोजकत्वमा हिजो कतारमा सम्पन्न उक्त भेलाले बिभिन्न किसिमले विदेशमा गई बसोवास गर्ने नेपालीहरुको हक र हितमा सम्बन्धित पक्षमा गई पहल गर्ने निर्णय गरेको छ । 



कार्यक्रममा एनआरएन एका अध्यक्ष शेष घले , नेपालबाट एआईजी बिज्ञान राज शर्मा तथा बैदेशिक रोजगार बिभाग र संचयकोषका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । 

खण्ड खण्ड गरि सञ्चालन गरिएको उक्त कार्यक्रममा बैदेशिक रोजगारीमा जाने नेपालीहरुको ईमिग्रेशनमा आईपर्ने गरेका समस्या,आजाद भिसाले निम्त्याएको बिकराल स्थितीलाई पनि उठाईएको थियो ।


बिशेष गरि एनआरएन ए का प्रतिनिधिहरुले न्युनतम सुन नेपाल लान पाउने बिषयमा गरेको निर्णलाई खुलेर बिरोध गरेका छन् । सरकारको यो निर्णयमा मजदुरी गरी नेपाल फर्केका नेपालीलाई चाही सरकारले बिचार गरिदिनु पर्ने बताएका छन् ।  बिभिन्न देशका एनआरएन ए को अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा आफ्ना देशमा नेपालीलाई आईपर्ने गरेको समास्याका बिषयमा छलफल गरिएको थियो । 

प्रत्येक अन्र्तराष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुले प्रतिनिधित्व गर्ने गरी मध्यपुर्वको संयोजकत्वमा एक समिति गठन गर्ने , राष्ट्रिय सामान्य परिषदहरु लाई बिबिध रुपमा समबन्धित राष्ट्रमा दर्ता गराउन परराष्ट्र मन्त्रालय संग समन्वय गरी अवश्यक सिफारी प्रदान गर्न अन्तराष्ट्रिय परिषदलाई आग्रह गर्ने तथा सम्बन्धित राष्ट्रका कानुन व्यवसायिहरुको परामर्श लिई दर्ता प्रकृया अगाडी बढाउने ,बैदेशिक रोजगारीका लागी रोजगारदाता कम्पनिहरुबाट आउने मागपत्रबाट आउने सम्बन्धित मुलुकको जुन सुकै निकायले प्रमाणित गरे पनि सम्बन्धित मुलुकमा रहेका नेपाली दुताबासबाट अनिवार्य रुपमा प्रमाणित गर्ने व्यवस्थाको लागी नेपाल सरकार अनुरोध गर्ने लगायत बाह्र वटा बुदामा निर्णय गरिएको छ । 

उक्त भेलाले गरेको निर्णयबाट कार्यन्वयन भएको खण्डमा मजदुर बर्गका लागी राम्रो सहयोग पुग्ने आशा भेलामा सहभागी भएका नेपालीहरुले प्रतिक्रिया दिएका छन् । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी