स्वस्तिका चिलुवाल/ साउन ८, कतार । गैर आवासिय नेपाली संघको पाँचौ क्षत्रिय सम्मेलन सम्पन्न भएको छ । एनसिसि कतारको संयोजकत्वमा हिजो कतारमा सम्पन्न उक्त भेलाले बिभिन्न किसिमले विदेशमा गई बसोवास गर्ने नेपालीहरुको हक र हितमा सम्बन्धित पक्षमा गई पहल गर्ने निर्ण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... स्वस्तिका चिलुवाल/ साउन ८, कतार । गैर आवासिय नेपाली संघको पाँचौ क्षत्रिय सम्मेलन सम्पन्न भएको छ । एनसिसि कतारको संयोजकत्वमा हिजो कतारमा सम्पन्न उक्त भेलाले बिभिन्न किसिमले विदेशमा गई बसोवास गर्ने नेपालीहरुको हक र हितमा सम्बन्धित पक्षमा गई पहल गर्ने निर्ण"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गैर आवासिय नेपाली संघको पाँचौ क्षत्रिय सम्मेलन सम्पन्न

८ श्रावण २०७३, शनिबार १०:०३

स्वस्तिका चिलुवाल/ साउन ८, कतार । गैर आवासिय नेपाली संघको पाँचौ क्षत्रिय सम्मेलन सम्पन्न भएको छ । एनसिसि कतारको संयोजकत्वमा हिजो कतारमा सम्पन्न उक्त भेलाले बिभिन्न किसिमले विदेशमा गई बसोवास गर्ने नेपालीहरुको हक र हितमा सम्बन्धित पक्षमा गई पहल गर्ने निर्णय गरेको छ । 



कार्यक्रममा एनआरएन एका अध्यक्ष शेष घले , नेपालबाट एआईजी बिज्ञान राज शर्मा तथा बैदेशिक रोजगार बिभाग र संचयकोषका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । 

खण्ड खण्ड गरि सञ्चालन गरिएको उक्त कार्यक्रममा बैदेशिक रोजगारीमा जाने नेपालीहरुको ईमिग्रेशनमा आईपर्ने गरेका समस्या,आजाद भिसाले निम्त्याएको बिकराल स्थितीलाई पनि उठाईएको थियो ।


बिशेष गरि एनआरएन ए का प्रतिनिधिहरुले न्युनतम सुन नेपाल लान पाउने बिषयमा गरेको निर्णलाई खुलेर बिरोध गरेका छन् । सरकारको यो निर्णयमा मजदुरी गरी नेपाल फर्केका नेपालीलाई चाही सरकारले बिचार गरिदिनु पर्ने बताएका छन् ।  बिभिन्न देशका एनआरएन ए को अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा आफ्ना देशमा नेपालीलाई आईपर्ने गरेको समास्याका बिषयमा छलफल गरिएको थियो । 

प्रत्येक अन्र्तराष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुले प्रतिनिधित्व गर्ने गरी मध्यपुर्वको संयोजकत्वमा एक समिति गठन गर्ने , राष्ट्रिय सामान्य परिषदहरु लाई बिबिध रुपमा समबन्धित राष्ट्रमा दर्ता गराउन परराष्ट्र मन्त्रालय संग समन्वय गरी अवश्यक सिफारी प्रदान गर्न अन्तराष्ट्रिय परिषदलाई आग्रह गर्ने तथा सम्बन्धित राष्ट्रका कानुन व्यवसायिहरुको परामर्श लिई दर्ता प्रकृया अगाडी बढाउने ,बैदेशिक रोजगारीका लागी रोजगारदाता कम्पनिहरुबाट आउने मागपत्रबाट आउने सम्बन्धित मुलुकको जुन सुकै निकायले प्रमाणित गरे पनि सम्बन्धित मुलुकमा रहेका नेपाली दुताबासबाट अनिवार्य रुपमा प्रमाणित गर्ने व्यवस्थाको लागी नेपाल सरकार अनुरोध गर्ने लगायत बाह्र वटा बुदामा निर्णय गरिएको छ । 

उक्त भेलाले गरेको निर्णयबाट कार्यन्वयन भएको खण्डमा मजदुर बर्गका लागी राम्रो सहयोग पुग्ने आशा भेलामा सहभागी भएका नेपालीहरुले प्रतिक्रिया दिएका छन् । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला