Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी दुतावासबाट प्रदान हुने सेवाहरु स्थगित, कारण- कर्मचारीहरु क्वारेन्टाइन बस्नुपर्ने

२०७७, ८ श्रावण बिहीबार १७:२६

साउन ८, काठमाडौँ । साउदी स्थित नेपाली दुतावासले प्रदान गर्ने सेवाहरु साउन २० गतेसम्मको लागि स्थगित भएको छ । दुतावासले एक सूचना जारि गर्दै यस सम्बन्धमा जानकारी दिएको छ । 

कोरोना संक्रमणको कारण राजदूतावासका केही कर्मचारीहरु समेत केहि दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको जानकारी दिँदै दुतावासको काउन्टरबाट जारी हुने सेवाहरु स्थगित भएको दुतावासले जनाएको छ । दुतावासको सेवा स्थगित हुने सम्बन्धमा दुतावासले ईद पर्वको लामो विदा समेत परेकोले नेपाली राजदूतावासले नेपाली कामदारहरुका सम्बन्धमा साउदी सरकारी कार्यालयबाट लिने सेवाहरु पनि सुचारु नहुने जनाएको छ ।

दुतावासले स्वदेश फिर्ती सम्बन्धी उडानहरूको तालिका प्राप्त हुनासाथ आफ्नो फेसबुक पेजबाट सार्वजनिक गर्ने समेत जनाएको छ । यसै सम्बन्धमा दुतावासले अब हुने उडानहरुको बारेमा टेलिफोनबाट सोधिरहनु नपर्ने जनाएको छ । यस बाहेक कसैलाई अत्यावश्यक काम परी राजदूतावासमा सम्पर्क गर्नु परेमा राजदूतावासका हटलाइन ०५५९३८९६०० र अर्को एक टेलिफोन नं ०५०००३४७८६ वा कामसँग सम्बन्धित कर्मचारीहरुको मोवाइलमा सम्पर्क गर्न दुतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ