2026-09-08 10:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतस्थित नेपाली दूतावासको चेतावनी

योगेन्द्र योगी | साउन १०, दोहा | कोरोनाका कारण रोजगार गुमाएका वा अलपत्र परेका नेपालीहरूलाई चार्टर्ड विमान मार्फत स्वदेश फिर्ती गराइरहेको बेला कुवेतदेखि काठमाडौँसम्मको चर्को भाडादर हवाई टिकट किनबेचमा अनियमितता भएको तथा बढी भाडा लिएको गुनासो आउन थालेपछि कारवाही गर्ने चेतावनी दिएको छ । 

कुवेतस्थित नेपाली दूतावासका अनुसार हाल केही ट्राभल एजेन्सी कंपनीहरूले उडान कंपनी, उडान मिति र समयबारे कुनै सुनिश्चित जानकारी नै नगराई मनोमानी रूपमा तोकेको भन्दा बढी मूल्यमा हवाई टिकट बेचिरहेको गुनासो आउन थालेको जनाएको छ । 

नेपाल सरकारले कुवेत-काठमाडौं सेक्टरको चार्टर्ड उडानबाट यात्रा गर्ने यात्रुहरूका लागि प्रति व्यक्ति हवाई भाडादर अमेरिकी डलर ४१० (सम्पूर्ण करहरू सहित) तोकेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि पुनः अनुरोध गरिएको दूतावासले जनाएको छ ।

तोकिएको भन्दा बढि हवाई भाडा असुल नगर्न नगराउन सम्बन्धित सबैलाई सूचित गरिएको जानकारी गराउदै कुवेतमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले पनि हवाई टिकट खरिद गर्नुभन्दा अघि सम्बन्धित एयरलाइन्सहरूका आधिकारिक बिक्रेताबाट नेपाल सरकारबाट निर्धारित भाडा दरमा मात्रै टिकट खरिद गर्न दूतावासले अनुरोध गरेको छ । 

यदि कसैले अनाधिकृत तवरबाट तोकिएभन्दा बढि रकममा हवाई टिकट किनबेच गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग