2026-09-08 10:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संस्कृत दिवस मनाइँदै

साउन १९, काठमाडौँ । भारत वर्षको नैमिषारण्य क्षेत्रमा सत्य युगमा ८८ हजार ऋषिमुनिले अन्तक्र्रिया गरी वैदिक दर्शनका शास्त्र निर्माण गरेको सम्झनामा आज संस्कृत दिवस मनाइँदै छ ।

श्रावण शुक्ल पूर्णिमाका दिन विधिपूर्वक श्रावणी स्नान, नव यज्ञोपवीत धारण, रक्षाबन्धन गरी ऋषिमुनिले वैदिक दर्शनका उपनिषद्, आरण्यक, ब्राह्मण लगायत ग्रन्थ संस्कृत भाषामा रचना गरेको सम्झनामा त्यसै बेलादेखि संस्कृत दिवस मनाउने प्रचलन शुरु भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । 

मानसरोवरबाट बग्दै आएको सरयु नदीको दक्षिणतिर नैमिषारण्य क्षेत्र पर्ने पनि उहाँले जानकारी दिनुभयो । गोमती नदीको किनारमा वनजङ्गलको बीचमा पर्ने नैमिषारण्य क्षेत्र प्राकृतिक रुपमा पनि आकर्षक सिद्धभूमि हो । यहीँ बसेर ऋषिमुनिले छलफलका माध्यमबाट आ आफूले देख्नुभएका वेदका मन्त्र सङ्कलन गरेर शाखा उपशाखा निर्माण गर्नुभएको शास्त्रीय विश्वास छ । 

त्यसै छलफलबाट ‘मनुस्मृति’ सत्य युगमा, ‘गौतमस्मृति’ त्रेता युगमा, ‘शङ्खलिखित स्मृति’ द्वापर युगमा र ‘पराशर स्मृति’ कलि युगमा सम्पूर्णरुपमा लागू हुने निर्णय पनि नैमिषारण्य क्षेत्रमा भएको ऋषिमुनिको भेलाले गरेको अध्यक्ष गौतमले बताउनुभयो ।

जुन स्मृति जुन युगका लागि तोकिएको छ सम्पूर्णरुपमा त्यही युगमा मात्र लागू हुन्छ । अन्य स्मृति भने छनोटमा परेका विषय मात्र लागू हुन्छन् । यही विषयमा अध्ययन गरिने विषयलाई नै धर्मशास्त्र भन्ने गरिएको हो । धर्मशास्त्र नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका विभिन्न आंगिक एवं सम्बन्धन प्राप्त विद्यापीठमा अध्यापन हुने गरेको छ । 

संस्कृत दिवसका अवसरमा विगत वर्षमा संस्कृत विश्वविद्यालय र जयतु संस्कृतम् संस्थाले विभिन्न कार्यक्रम गर्ने गरेकामा यस वर्ष औपचारिक कार्यक्रम नगरी ऋषिमुनिको वैदिक दर्शन एवं संस्कृत क्षेत्रमा योगदानका विषयमा सम्झना गरिने जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग