तेह्रसय बढी नेपाली स्वदेश फर्किए

साझासवाल
2 Min Read

साउन २१, काठमाडौँ | विभिन्न मुलुकमा अलपत्र एक हजार ३१३ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १५ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । नेपाल एयरलाइन्सले दुबईबाट २६५ र दोहाबाट १५१ यात्रु काठमाडौँ ल्याएको छ । त्यस्तै कतारको दोहाबाट १५१ यात्रु नेपाल ल्याएको छ । सोही एयरलाइन्स थप नेपालीको उद्धारका लागि रियाद र दमाम प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।

हिमालय एयरलाइन्सले दमामबाट १५४ यात्रु तथा दुई शव नेपाल ल्याएको छ । अबुधाबीबाट १५४ यात्रु ल्याएको छ । हिमालयकै जहाजले इराकको बगदादबाट ३९ यात्रु ल्याएको छ । काठमाडौँबाट बगदाद जाँदा ३६ यात्रु लगेको थियो । थप नेपालीको उद्धारका लागि हिमालयको जहाज दोहा र दमाम उडेको छ ।

त्यस्तै कतार एयरवेजले २५१, इतिहाज एयरले अबुधाबीबाट १३८ र फ्लाई दुबईले १६१ नेपाली काठमाडौँ ल्याएको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बिहीबार पनि विभिन्न देशबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी आठ चार्टर्ड उडान हुने विमानस्थलको तालिका छ । आज आन्तरिकतर्फ पनि सात वटा चार्टर्ड उडान भए । तारा र समिट एयरका जहाज तथा मनाङ, सिम्रिक र कैलाशको हेलिकप्टरले विभिन्न गन्तब्यमा उडान गरेका हुन् । रासस

Share This Article
Leave a Comment

Leave a Reply