2026-09-08 09:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज विदेशबाट ४९० नेपाली स्वदेश आए, यस्तो छ भोलीको तालिका

भदौ १२, काठमाडौँ | विदेशमा अलपत्र ४९० नेपाली आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमनतर्फ भएका तीन उद्धार उडान मार्फत उनीहरु स्वदेश फर्किएका हुन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र कतार एवरवेजले समान एक उडान गरेका छन् ।

नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट २६२ यात्रु तथा १६ वटा शव नेपाल ल्याएको छ । हिमालय एयरलाइन्सले क्वालालम्पुरबाटै १५६ यात्रु ल्याएको छ । त्यस्तै कतार एयरवेजले दोहाबाट ७२ नेपाली काठमाडौँ ल्याएको छ । उसले काठमाडौँबाट फर्किदा १२७ यात्रु लगेको विमानस्थल कार्यालयले जनाएको छ ।

माथिको त्ताश्वीर: विदेशबाट फर्किएकाहरुको लगेज 

शनिबार पनि विभिन्न एयरलाइन्सका छ अन्तर्राष्ट्रिय उडान हुने विमानस्थल कार्यालयले तालिका सार्वजनिक गरेको छ । पहिलो उडान सिल्क एयरले सिङ्गापुरबाट यात्रु काठमाडौँ ल्याउनेछ । जजीरा एयरलाइन्सले कुवेतबाट नेपाली ल्याउने जनाइएको छ । त्यस्तै हिमालय एयरलाइन्सले क्वालालम्पुर र चीनको कुनमिङबाट काठमाडौँका लागि चार्टर्ड उडान गर्नेछ । नेपाल एयरलाइन्सले क्वालालम्पुर र कुवेतबाट उद्धार उडान गरी नेपाली फर्काउने उडान तालिका छ ।

आज आन्तरिकतर्फ सिम्रिक र कैलाशको हेलिकोप्टरले गोरखामा समान एक उडान गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग