Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीले भोलिदेखि अन्तराष्ट्रिय हवाई उडान प्रतिबन्ध हटाउदै

२०७७, २९ भाद्र सोमबार ०५:४१

भदौ २९, काठमाडौँ | साउदी अरेबियाले आंशिक रूपमा मंगलबारदेखि अन्तर्राष्ट्रिय उडानमा भएको यसअघिको प्रतिबन्ध हटाउने भएको छ । साउदीको आन्तरिक मन्त्रालयले कोरोना महामारीको कारणले यात्रा प्रतिबन्ध लगाएको छ महिना पछि यस्तो निर्णय गरेको हो ।

साउदीले यो निर्णय गरेसंगै विशेष परिस्थितिमा सीमित सङ्ख्यामा मानिसहरूलाई साउदीमा यात्राको अनुमति दिइने भएको छ । अरब न्यूजका अनुसार साउदीका गृहमन्त्रीले कोरोनाका कारण अन्तर्राष्ट्रिय यात्रामा लगाइएको प्रतिबन्ध आगामी वर्षको जनवरीसम्ममा पूर्णरूपमा हटाइने जनाएका छन् । 

प्रतिबन्ध हटेसंगै मानिसहरूलाई जल, थल र सीमाबाट आवतजावतको अनुमति दिइनेछ । प्रतिबन्ध हटाइने मितिको घोषणा वर्ष सकिनु ३० अगाडि अर्थात डिसेम्बरमा जानकारी दिइनेछ र स्वास्थ्य मन्त्रालयले यात्री तथा यात्रा सेवा प्रदायकका लागि नियमहरू तय गर्नेछन् । 

Photo: AFP/File

खाडी नागरिकहरू र वैध रेसिडेन्सी अनुमति वा भिसा भएका अन्यलाई समेत मंगलबारदेखि साउदी प्रवेश गर्न दिइनेछ । अरब न्यूजका अनुसार साउदी अरबमा आइतबारसम्म देशका ९३ प्रतिशत संक्रमित ठिक भएका छन् । 

स्वास्थ्य मन्त्रालयको हवाला दिदैँ प्रकाशित समाचारका अनुसार साउदीमा ३ लाख २५ हजार ६ सय ५१ संक्रमित रहेकोमा ३ लाख २ हजार ८ सय ७० संक्रमित निको भइसकेका छन् ।

साउदी प्रवेश गर्न पाउनेले अनिवार्य कोरोना नेगेटिभको प्रमाण भने पेस गर्नु पर्ने बताइएको छ । 

साउदी सरकार र सैन्य कर्मचारीहरू, दूतावासका कामदारहरू, विद्यार्थी र चिकित्सा उपचारको लागि आवश्यक पर्ने व्यक्तिहरू लगायत अन्यलाई पनि मंगलबारदेखि साउदी प्रवेश गर्न र बाहिर जान अनुमति दिनेछ ।

साउदी अरेबियाले गत मार्चमा अन्तर्राष्ट्रिय उडान स्थगित गरेको थियो । जसको कारण धेरै विदेशी कामदार तथा साउदीकै नागरिकहरु समेत विदेशमा अलपत्र परेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ