2026-09-08 09:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा आजदेखि चौथो चरणको दोश्रो भाग सुरु, आज संक्रमित कति ?

भदौ ३०, दोहा | कोरोना महामारीका कारण कतारमा लगाइएका प्रतिबन्ध क्रमिक रूपमा हटाइदै छ । यसै क्रममा कतारले सेप्टेम्बर १ देखि सुरु गरेको चौथो चरणको निर्णयले आजदेखि दोश्रो भाग सुरु भएको छ । कतारको बिपत व्यवस्थापन समितिले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै चौथो चरणको दोश्रो भागको जानकारी गराएको छ । 

पत्रकार सम्मेलनका क्रममा कतारले निर्णय कार्यान्वनमा सहयोग गरेको भन्दै सबैलाई धन्यवाद दिएको छ । साथै समितिले खोप निर्माण नहुँदा सावधानी अपनाउनुपर्ने बताएको छ । उक्त समितिले पछिल्लो समय बिद्यालय खुलाएको छ । त्यस क्रममा बिद्यालय जानेहरुमा 0.25 प्रतिशत संक्रमण फैलिएको छ । तर उक्त संक्रमण बिद्यालयबाट नभई घरबाटनै फैलिएको बताइएको छ । 

कतारको यातायात तथा सञ्चार मन्त्रालयका अनुसार सार्वजनिक यातायात सेवा ३० प्रतिसत यात्रु क्षमता राखेर सञ्चालनको अनुमति दिइएको छ ।

सार्वजनिक यातायात क्षेत्रका सम्पूर्ण कर्मचारीले कोरोना परीक्षण गर्नु पर्ने, सबै सावधानीका उपायहरू सुनिश्चित भए नभएको अनुगमन गर्न सुपरभाइजरहरू पनि परिचालन गर्न कतारको स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

कतारले सावधानी सहित चौथो चरणको दोश्रो भागदेखि ३० प्रतिशत सिनेमा हाल तथा थियटर खोल्न दिने भएको छ । जसमा १८ बर्षभन्दा मुनिकालाई प्रवेश नदिने समेत निर्णय भएको छ । 

त्यस्तै हेल्थ क्लब, जिम सेन्टर तथा सार्वजनिक स्वीमिङ पुल ३० प्रतिशत खुलाउने निर्णय गरेको छ ।  

यस्तै कतारमा आज (मंगलबार) कोरोना संक्रमितको संख्या २३९ जना रहेको छ । त्यस्तै २१३ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । यससँगै, कतारमा सक्रिय कोरोना संक्रमित अब २ हजार ८६२ जना रहेका छ न् । हालसम्म कोरोना संक्रमित भई कतारमा १ लाख १९ हजार १४४ जना निको भईसकेका छन् । कतारमा हालसम्म २०८ जनाको मृत्यु भएको छ । 

कतार सरकारको अनुसार हालसम्म कतारमा ७ लाख ४१४ जनाको कोरोना परीक्षण भएको छ । मंगलबार मात्र कतारमा ४ हजार ९८७ जनाको कोरोना परीक्षण गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग