2026-09-08 09:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा कोरोना भाइरस विरुद्धको खोप निःशुल्क उपलव्ध हुने

असोज २०, काठमाडौँ । कतारले आफ्नो मुलुकमा रहेका र ‘खोप आवश्यक पर्ने’ सवैलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप निःशुल्क रुपमा उपलव्ध गराउने जनाएको छ । कतारको स्वास्थ्य मन्त्रालयले खोप आवश्यक पर्ने सवैलाई सो खोप निःशुल्क उपलव्ध गराउने बताएको हो । हमाद मेडिकल कर्पोरसनको ईन्फेक्सन डिजिज विभाग प्रमुख समेत रहेका डा. अव्दुल्लाह अल खालले यसका लागि कतारले केहि हप्ता वा महिना भित्रै पर्याप्त खोपको प्रवन्ध गर्ने प्रयास गरिरहेको बताएका छन् ।

कतार ट्रिव्यूनका अनुसार खोपले अनुमति पाउने वित्तिकै कतारले प्राप्त गर्नेगरी कतारको स्वास्थ्य मन्त्रालयले प्रयास जारी राखेको उनले बताएका हुन् । यसका लागि फिजर कम्पनीसँग यसअगाडी नै कतारले खोप उपलव्ध गराउने सम्वन्धमा सम्झौता गरिसकेको उनले बताए । सो कम्पनी कोभिड-१९ विरुद्धको खोप बनाउने प्रयासमा रहेका विभिन्न कम्पनीहरु मध्ये एक हो । सो कम्पनीले तयार पारेको खोपको तेश्रो चरणको परीक्षण चलिरहेको छ । सो क्रममा विभिन्न मुलुकका ४४ हजार व्यक्तिमा सो खोपको परीक्षण हुँदैछ । सो कम्पनीको खोपले अक्टोवर वा नोभेम्वर महिनामा आम रुपमा लगाउन अनुमति प्राप्त गर्ने अपेक्षा गरिएको खालले बताए ।

कतारले डिसेम्वर महिनासम्ममा वा सन् २०२१ को सुरुवातमा पहिलो चरणमा खोप प्राप्त गर्ने विश्वास गरिएको समाचारमा जनाइएको छ । सो कम्पनीका अलावा अन्य कम्पनीहरुसँग पनि कतारको छलफल चलिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग