<p>असोज २५, काठमाडौँ | क्वालालम्पुरबाट काठमाण्डौको लागि अक्टोवर १४ तारिक विहानको लागि तय भएको नेपाल एयरलाईन्सको उडान सरेको छ । <br></p><p>मलेसियास्थित नेपाली दुतावासले एक जानकारी दिदैं १४ तारिकको लागि तय भएको उडान एक दिन पछि सरेको जनाएको छ । दुतावासले सारिएको उडान अक्टोवर १५ तारिख विहान साविककै समयमा हुने जानकारी दिएको छ । </p><p>दुतावासका अनुसार उक्त उडानमा यात्रा गर्नको लागि ७२ घण्टा भित्र परीक्षण गरेको कोभिड-१९ को पि.सि.आर रिपोर्ट अनिवार्य छ । दुतावासको अनुरोध छ 'परिवर्तित उडान तालिकालाई उपयुक्त हुने गरी आफ्नो पिसिआर परीक्षण गर्नुहुन सम्पूर्ण यात्रु महानुभावहरुमा अनुरोध गरिन्छ ।' </p>
