विजय थापा/साउन १५,अमेरिका । अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा लामो समय देखि बस्दै आएका समाज सेवी तथा ब्यबसायी घन प्रसाद दवाड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा/साउन १५,अमेरिका । अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा लामो समय देखि बस्दै आएका समाज सेवी तथा ब्यबसायी घन प्रसाद दवाड"/>
२८ पुष २०८२, सोमबार
काठमाडौँ - KTM

अमेरिकाका दवाडी पर्यटन दुतमा नियुक्त

१५ श्रावण २०७३, शनिबार १२:३६

विजय थापा/साउन १५,अमेरिका । अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा लामो समय देखि बस्दै आएका समाज सेवी तथा ब्यबसायी घन प्रसाद दवाडीलाई नेपाल पर्यटन बोर्डले पर्यटन दुतमा नियुक्त गरेको छ । 

नेपालमा पर्यटन प्रवर्धनका लागि सरकार र नीजि क्षेत्रको सहकार्यमा स्थापना भएको पर्यटन बोर्डले दवाडीलाई गत जुलाई ८, २०१६ देखी लागु हुने गरी दुई बर्षका लागि पर्यटन दुतमा नियुक्त गरेको हो । क्यालिफोर्निया सनफ्रान्सिस्को तथा अमेरिकाको पश्चिम क्षेत्रको लागि दवाडीलाई उक्त पदमा नियुक्त गरेको हो ।

 उनलाई नेपाल पर्यटन बोर्डले नियुक्ती गरेकोमा उनले सरकार र वोर्डलाई धन्यवाद दिदै प्राप्त जिम्मेवारीलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न कटिबद्ध रहेको बताएका छन् । पर्यटन दूतमा नियुक्त भए पछि आफु निकै उत्साहित भएको र आफुले गर्ने कुनै कर्तब्यमा आफु नचुक्ने र पछि नहट्ने बताए । 

झन्डै अढाई दशक देखि नेपाल तथा अमेरिकामा पर्यटन (ट्राभल एजेन्सी)ब्यबसायमा संलग्न दवाडी नेपाली हस्तकलाका सामानहरु निर्यातमा पनि अनुभव रहेको छ । 

अमेरिकामा रहेका विभिन्न सामाजिक संघ-सस्थाहरुमा नेतृत्व प्रदान गरेका दवाडी क्यालिफोर्नियाको पुरानो सामाजिक संस्था नेपाली एसोसिएसन् अफ नर्दन क्यालिफोर्निया पूर्व अध्यक्ष तथा एनआरएन अमेरिकाको वर्तमान सल्लाहकार समेत रहेका छन् ।

नेपालमा पर्यटन आगमन वढाउन, सकरात्मक प्रचार प्रसारका लागि पर्यटन बोर्डले विदेशका विभिन्न शहरमा पर्यटन दुत नियुक्त गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने